आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

चलचित्र पत्रकार संघमा राजन घिमिरेको एक्लो दाबी, ‘मिटु’ आरोपी बलामी पनि उठ्ने तयारीमा

चलचित्र पत्रकार संघमा राजन घिमिरेको एक्लो दाबी, ‘मिटु’ आरोपी बलामी पनि उठ्ने तयारीमा

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 3.6K
    SHARES

  • चलचित्र पत्रकार संघमा राजन घिमिरेको एक्लो दाबी, ‘मिटु’ आरोपी बलामी पनि उठ्ने तयारीमा

    काठमाडौं - नेपाल चलचित्र पत्रकार संघको साधारण सभा फागुन १७ गते हुँदैछ । यसपटक नयाँ नेतृत्व पनि चयन गर्ने भएकाले अहिले चलचित्र पत्रकारहरुलाई चुनाव लागेको छ ।

    १८ सदस्यीय केन्द्रीय कार्यसमितिमा अहिलेसम्म अध्यक्षमा एकजनाले मात्र उम्मेदवारी घोषणा गरेका छन् । सुरुमा आधा दर्जनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि अहिलेसम्म राजन घिमिरेले मात्र उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षमा विष्णु सुवेदीले उम्मेदवारी दिने भन्दै भेटघाट बढाए पनि उनले सार्वजनिक गरेका छैनन् । घिमिरे र सुवेदीमध्ये अहिले एकजनालाई अघि सार्ने विषयमा छलफल भइरहेको छ ।

    अहिलेसम्म घिमिरे र सुवेदीले अध्यक्षमा भोट मागिरहे पनि साधारणसभाकै दिन ‘मिटु आरोपी’ समीर बलामीले उम्मेदवारी दिने भित्री रणनीति बनाएको बुझिएको छ । उनी एमाले निकट प्रेस चौतारीका पत्रकार हुन् । चलचित्र पत्रकार संघको महासचिव बलामीले आफूविरुद्ध ‘मिटु’ आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए । संघकै केन्द्रीय कार्यसमितिमा रहेकी कान्तिपुरकी एक पत्रकारले आफूमाथि संघका एक पदाधिकारीले यौन दुव्र्यवहार गरेको सामाजिक सञ्जालमा लेखेपछि बलामीले पदबाट राजीनामा दिएका थिए ।

    सो घटनाको छानबिन गर्न सुरक्षा भट्टराईको संयोजकत्वमा समिति बनाइए पनि त्यो समितिलाई बलामीले पंगु बनाइदिएका थिए । बरु समितिले पीडितलाई नै उल्टै पीडा दिएको थियो ।

    समितिले अहिलेसम्म पीडितको बयानसम्म नलिई असहयोग गर्दै आएको छ । सोही समितिकी संयोजक भट्टराई अहिले महिला उपाध्यक्षमा उठ्ने तयारीमा छिन् । अध्यक्षमा उठ्ने तयारी गरिरहेका बलामीले आफू निकट पत्रकारबाहेक अन्यसँग भोटसमेत माग्न सकेका छैनन् ।

    उनले उपाध्यक्षमा आफू निकट अशेष अधिकारी, कुमार आचार्य, सुरक्षा भट्टराई, महासचिवमा रघुनाथ सापकोटा, सचिवमा मनोज न्यौपाने र गोपीकृष्ण चापागाईको प्यानल बनाएका छन् । उनीहरु सबै एमाले निकट प्रेस चौतारीसँग आबद्ध छन् ।

    समीर बलामीलाई अध्यक्षमा उठ्न पूर्वअध्यक्ष विदुर गिरी र शान्तिप्रियले जोडबल गरिरहेको चलचित्र पत्रकारहरु बताउँछन् । कतिसम्म छ भने यदि बलामीले अध्यक्षमा जितेमा संघमा रहेका ४० भन्दा धेरै पत्रकारले सामूहिक रुपमा राजीनामा दिने तयारी भइरहेको छ ।

    ‘मिटु’ आरोप लागेका र विभिन्न अनियमिततामा मुछिएका बलामी अध्यक्ष बन्न अयोग्य रहेको संघमा आबद्ध सिनियर पत्रकारहरुको भनाइ छ । बलामी यस्ता पात्र हुन्, जो हरेक संस्थामा चुनावमा उठ्ने गरेका छन् ।

    निर्माता संघ, निर्देशक समाज, चलचित्र पत्रकार संघ, आदिवासी पत्रकार संघ, प्रेस चौतारीलगायत सबै संघसंस्थामा बलामी उठ्दै आएका छन् । अध्यक्षका प्रत्यासी राजन घिमिरे भने डेमोक्रेटिक पत्रकार हुन् ।

    उनी साढे दुई दशकदेखि प्रिन्ट र टेलिभिजन दुवै मिडियामा निरन्तर क्रियाशील छन् । उनले व्यावसायिक पत्रकारहरुको टिम बनाएका छन् । उनको प्यानलमा विशाल राई उपाध्यक्षमा, महिला उपाध्यक्षमा शारदा थापा, महासचिवमा प्रदीप कार्की, सचिवमा नवीन गिरी, कोषाध्यक्षमा मनिष कार्की उठ्ने भएका छन् । घिमिरे प्यानलमा रहेका सबै क्रियाशील पत्रकार हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण १२ २०७९०२:११:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend