आइतवार, चैत्र १२ २०७९Mar 26 2023

Logo
images
images

पुँजी बजार विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने

पुँजी बजार विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १० २०७९


  • पुँजी बजार विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने

    काठमाडौं– पछिल्लो समय नेपालमा भइरहेको सेयर बजार कारोबार र वित्तीय व्यवस्थाबारे साक्षरता कार्यक्रम सञ्चालन हुन लागेको छ । सापटी सेवा र दीपशिखा धितोपत्र कारोबार कम्पनीले संयुक्त रूपमा ‘पुँजी बजारसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन गर्न लागेका हुन् ।

    शुक्रबार मध्यबानेश्वरस्थित ग्लोवल कलेजमा पुँजी बजारका विभिन्न सन्दर्भमा साक्षरता कार्यक्रम हुन लागेको सापटी सेवाका अध्यक्ष सिए सफल वाग्लेले जानकारी दिए । 

    images
    images

    साक्षरता कार्यक्रममा पुँजी बजार र नेपाली अर्थतन्त्रको परिदृश्य विषयमा एनआरएन नेपाल विकास कोषका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई, नेपाली सेयर बजारको आधारभूत विश्लेषणका विषयमा एक्यानका निवर्तमान अध्यक्ष आनन्दराज शर्मा वाग्ले, सेयर बजारको प्राविधिक विश्लेषणका विषयमा विप्लव अधिकारी र नेपाली सेयर बजार विषयमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपालले अनुभव सेयर गर्नेछन् ।

    नेपालमा पुँजी बजार विस्तारसँगै यो बजारबाट थोरै लगानीकर्ताले मात्रै नाफा कमाउन सकेको र धेरै लगानीकर्ताहरूले छोटो अवधिमा आफ्नो लगानी गुमाइरहेको देखिएकाले साक्षरता कार्यक्रममार्फत यस्ता विषयमा सचेतना जगाउन खोजिएको सिए वाग्लेले बताए ।

    ‘पूँजी बजार सचेतनाको अभाव भनेको कहाँ लगानी गर्ने ? कति लगानी गर्ने ? कहिले लगानी गर्ने र सबैभन्दा महत्वपूर्ण कुरा बजारबाट कहिले बाहिरिने भन्ने हो,’ वाग्लेले भने, ‘यो कार्यक्रमले पुँजी बजारबारे सचेतना ल्याउनुका साथै यसबाट अधिकतम लाभ लिन सहयोग पु¥याउनेछ भन्नेमा हामी आशावादी छौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १० २०७९०६:३१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend