काठमाडौं– कर्णाली र सुदुरपश्चिममा प्रदेशमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार दिउँसो २:४३ मा ५.६ म्याग्नीच्यूडको भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको केन्द्रविन्दु बाजुराको कोल्टी आसपास भएको बताइएको छ।
भूकम्पको धक्का काठमाडौंका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ । मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।