जनकपुरधाम– प्रतिनिधिसभा बैठकमा मधेस आन्दोलनका शहिदहरुप्रति भएको अपमानप्रति नेपाली कांग्रेस मधेस प्रदेशले दुःख व्यक्त गरेको छ ।
कांग्रेस मधेस प्रदेशका सभापति तथा संसदीय दलका नेता कृष्ण प्रसाद यादवले विज्ञप्ति जारी गर्दै मधेस आन्दोलनका शहिदहरुप्रति अपमान भएकोमा दुःख व्यक्त गरेका हुन् ।
सदनमा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले मधेसी शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरेका थिए । सो क्रममा केही सांसद उठेर मौन धारण गरे । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका केही सांसद उठेनन् ।
प्रधानमन्त्री प्रचण्डले नै मौन धारण नगरेकोले मधेसमा आलोचना भइरहेको छ । सो विषयमा कांग्रेस मधेसका सभापति यादव विज्ञप्ति जारी गरेर प्रधानमन्त्री प्रचण्डमाथि मधेस विरोधी आरोप लगाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।