काठमाडौँ- लोकप्रिय गायक तथा गीतकार बिष्णु खत्रीको लय तथा शब्दमा लोकदोहोरी गीत 'गैरी खेतलाई कुलो...' रिलिज भएको छ । गायक अर्जुन सापकोटा र बाल गायिका कल्पना बिष्टको आबाजमा रहेको गीतलाई बुधबार रिलिज गरिएको हो ।
छोटो समयमा नै चर्चा बटुल्न सफल उक्त गीतलाई कृष्ण केसीले संगीत संयोजन गरेका हुन् । गीतलाई बिष्णु खत्रीको अफिसियल युटुब च्यानल मार्फत रिलिज गरिएको हो ।
काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको भिडिओ मोडल गीता ढुंगाना, बिनम्र खत्री, अर्जुन सापकोटा र कल्पना बिष्टको दमदार अभिनय देख्न सकिन्छ । दिपक गिरीको छायांकन रहेको भिडिओलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।