काठमाडौँ- लोकप्रिय गायक तथा गीतकार कुशल बेलबासे र गायिका देबी घर्ति मगरको आवाजमा लोकदोहोरी गीत 'ओ जाम हिन...' रिलिज भएको छ ।
कुशल बेलबासेको शब्द संगीतमा रहेको उक्त गीत सोमबार रिलिज गरिएको हो । शिशिर पौडेलको आफ्नै अफिसियल युटुब च्यानल बाट रिलिज गरिएको गीतलाई बिस्वाश नेपालको संगीत संयोजन रहेको छ ।
पछिल्लो समयमा ब्यापक रुचाइएका मोडल तथा निर्देशक रहेका सुनिल क्षेत्रिको निर्देशनमा तयार पारिएको भिडिओमा चर्चित मोडल शिशिर पौडेल र उषा उप्रेतीको धमाकेदार अभिनय देख्न सकिन्छ ।
अजय रेग्मीको छायांकनमा रहेको भिडिओलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।