काठमाडौँ - चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ । ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भिडियोमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबि र रोसन केसीको अभिनय रहेको छ । जुम्लामा छायाँकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन् । संगीत र संगीत संयोजन भने उनी आफैले गरेका हुन्।
भिडियोमा अभिनय गरेकी मोडल मिस पबी अर्थात पबित्रा साकी डडेल्धुराको स्थानीय भाषा बोलेर नै टिकटकमा चर्चित छिन्। उनले डोटेली भाषामा बोलेको टिकटक भिडियोलाई दर्शकले रुचाउँदै आएका छन्।
टिकटकमा करीब ९ लाख फ्लोअर्स भएकी मिस पवीले प्रतिनिधी सभाको चुनावका बेला प्रधानमन्त्री शेरबहादुरविरुद्ध लडेका सागर ढकालको पक्षमा मत मागेकी थिइन् ।
भिडियो सार्वजनिक कार्यक्रममा उनै सागर, जुम्लाबाट हालै प्रतिनिधिसभामा बिजयी सांसद ज्ञानेन्द्र शाही, सरसफाई अभियन्ता केपी खनाल लगायतको उपस्थिती रहेको थियो ।
गायक गिरीकै स्टोरी र कन्सेप्टमा तयार भएको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन्। जुम्लामा छायाङ्कन गरिएको भिडियोलाई बिवेक बिकले खिचेका हुन्। भिडियो गायक गिरीको अफिसियल च्याननलबाट बजारमा ल्याइएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।