काठमाडौं - नेपाली कांग्रेसका प्रदेश सांसद मीनकृष्ण महर्जनले लियोनल मेस्सीले न्याय पाउन पनि अर्जेन्टिनाले विश्वकपको उपाधि जित्नै पर्ने बताएका छन् ।
बागमती प्रदेश सभा सदस्य महर्जन आफैं पनि पूर्वकराँते खेलाडी हुन् । जसरी म्याराडोनाले दुईपटक विश्वकप जिताएर देशको शान र प्रतिष्ठा बढाए, यसपटक मेस्सीमा त्यो जिम्मेवारी रहेको उनको भनाइ छ ।
‘मेस्सीको यो विश्वकप फुटबल अन्तिम विश्वकप रहेको कारण उनको मान, सम्मान र प्रतिष्ठाका लागि भए पनि विश्वकप अर्जेन्टिनाले जित्नै पर्छ,’उनले भने । जारी विश्वकपमा विश्वभरिका करोडौं फुटबल प्रेमीहरुको नजर अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीप्रति रहेको उनले बताए ।
कराँतेका पूर्वरेफ्रीसमेत रहेका महर्जन मेस्सीका प्रशंसकसमेत हुन् । ‘अहिलेको विश्वकप फुटबलको उत्कृष्ट खेलाडी र १ नम्बरका खेलाडी भनेकै मेस्सी नै हो । उनीसँग अरु खेलाडीहरु तुलना गर्न मिल्दैन । मेस्सीले फुटबल जगतमा छुट्टै इतिहास कायम गरेका छन् । धेरैपटक विश्वकै सर्वोकृष्ट खेलाडी घोषणा भइसकेका छन्,’ महर्जनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।