काठमाडौं– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपमा तेस्रो स्थानका लागि आज खेल हुँदैछ। कतारको खालिफा स्टेडियममा आज बेलुका पौने ९ बजेदेखि क्रोएसिया र मोरक्को बीचमा खेल हुँदैछ।
उनीहरुबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदैछ। सेमिफाइनलमा मोरक्को फ्रान्ससँग २–० गोलले पराजित भएको थियो। यस्तै, क्रोएसिया अर्जेन्टिनासँग ३–० ले हारेको थियो। क्रोएसिया र मोरक्कोले समूह चरणमा गोलरहित बराबरी खेलेका थिए।
विश्व कपको उपाधिको लागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।