काठमाडौं - आगामी माघ ७ गते हुने ‘चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । यसपटक गीतसंगीतका विभिन्न ३९ बिधालाई समेटिएको छ ।
अवार्डमा मौलिक थाली नाँच, काठे गीत, सर्वोत्कृष्ट भाषभाषीलाई पनि समावेश गरिएको छ । सर्वोत्कृष्ट भाषभाषीमा उत्कृष्ट दश गीतको मनोनयन सार्वजनिक गरिएको छ ।
यसपटकको अवार्डको चौथो संस्करणलाई सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका–४ ले सहकार्य गरेको छ । अवार्ड समारोह शंखधर पार्कमा सम्पन्न हुने छ।
‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्द्धन हाम्रो अभियान’ अवार्डको नारा तय भएको छ । अवार्डको सार्वजनिक मनोनयनहरुलाई आगामी पुस २ गते प्रमाणपत्र वितरण गरिनेछ ।
‘चौथों एपिक नेपाल म्युजिक अवार्ड’ का अध्यक्ष कृष्णलाल साहुखलका अनुसार प्रमाणपत्र वितरण कार्यक्रममा सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाको प्रमुख अतिथि हुनेछन् ।
विशेष अतिथिमा मध्यपुर थिमि नगरपालिका–४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलगायतको उपस्थिति रहनेछ । अवार्ड समारोहका दिन राजेश हमाललाई नगद एक लाख एक हजार १११ रुपैयाँसहित सम्मान प्रदान गरिनेछ ।
चलचित्र पत्रकार प्रकाश सुवेदीलाई चलचित्र पत्रकार सम्मान र पत्रकार गोपिकृष्ण चापागाईंलाई युवा पत्रकार सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।







मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।