आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

चुनावी सभामा कांग्रेस महामन्त्रीद्वय थापा र शर्मालाई आफ्नै निर्वाचन क्षेत्रमै सीमित गर्ने को ?

चुनावी सभामा कांग्रेस महामन्त्रीद्वय थापा र शर्मालाई आफ्नै निर्वाचन क्षेत्रमै सीमित गर्ने को ?

  • मिडिया डबली
  • बुधवार, मंसिर २१ २०७९

  • 11.8K
    SHARES

  • चुनावी सभामा कांग्रेस महामन्त्रीद्वय थापा र शर्मालाई आफ्नै निर्वाचन क्षेत्रमै सीमित गर्ने को ?

    काठमाडौं - प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक मतगणना सकिएको छ । प्रत्यक्षको नतिजा पनि आइसकेको छ । समानुपातिकको सिट संख्या पनि निर्वाचन आयोगले टुंगो लगाएको छ ।

    जसअनुसा एमाले ३४, नेपाली कांग्रेस ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले सात, जसपा र जनमत पार्टीले पाँच–पाँच सिट पाएका छन् ।

    २०७४ को निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ ४० सिट ल्याएको थियो । लोकप्रिय मत ४० लाख आएको थियो । तर अहिले कांग्रेसको लोकप्रिय मत २७ लाखमै सीमित भएको छ ।

    अघिल्लो निर्वाचन मात्र होइन, स्थानीय तहको निर्वाचनभन्दा पनि अहिले कांग्रेसको लोकप्रिय मतमा ह्रास आएको छ । यसरी एकैचोटि १० लाखभन्दा बढी कांग्रेसको समानुपातिक मत किन घट्यो भन्ने विषयले अहिले कांग्रेस नेताहरू तनावमा परेका छन् ।

    तर, समानुपातिकमा लोकप्रिय मत घट्नुको मुख्य कारण कांग्रेसको छवि बिग्रेर होइन । नेताका अनुहार र आफ्नी श्रीमतीलाई समानुपातिक सूचीमा राखेकैले हो भन्ने जनस्तरबाट प्रतिक्रिया आएको छ ।

    यदि समानुपातिक सूचीको क्लस्टरमा विज्ञ र बौद्धिक व्यक्तित्वलाई कांग्रेसले राख्न सकेको भए कांग्रेसको समानुपातिक मत एमालेभन्दा धेरै अघि हुन्थ्यो । प्रत्यक्ष र समानुपातिकमा पनि कांग्रेस नै पहिले दल बन्ने निश्चित थियो ।

    जनताले कांग्रेसको समानुपातिक सूचीमा के कस्ता नेतालाई राखेका छन् भन्ने आमजनतामा निकै चासो देखियो । त्यही बासी अनुहार, नेताका स्वास्नी, कुनै क्षेत्रमा विज्ञता हासिल नगरेका व्यक्ति सूचीमा देखेकाले पनि आममतदाताले अन्यत्रै मत खसाएको पुष्टि हुन्छ ।

    त्यति मात्र होइन, यसपटकको निर्वाचनमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नै निर्वाचन क्षेत्रमा सीमित गराइयो । उनीहरूलाई एउटा पनि निर्वाचन क्षेत्रमा भाषण गर्न लगिएन । लैजाने इच्छा देखाइएन ।

    थापा र शर्माको लोकप्रियता बढ्ला र आफ्नो विरासत झन् गुम्ला भनेर दुवैलाई आफ्नो निर्वाचन क्षेत्रमा मात्र सीमित राखेकाले समानुपातिक र प्रत्यक्षतर्फ कांग्रेसको मत कम भएको आमजनताको भनाइ छ ।

    थापा र शर्मा हार्दैछन्, एमालेकै मत धेरै छ भन्ने कांग्रेसभित्रैबाट प्रचार गराइयो । जसले थापा र शर्मा आफ्नो निर्वाचन क्षेत्रमै क्रियाशील रहे । तर, दुवैले सानदार मतका साथ चुनाव जिते ।

    यदि थापा र शर्मालाई कम्ती २५ जिल्लाका चुनावी सभामा भाषण गर्न लगेको भए अहिले गठबन्धनलाई बहुमत जुटाउन भ्यागुतोको धार्नीको अवस्था आउने थिएन । अहिले कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्मालाई चुनावी सभामा लैजानै नचाहने पात्रको खोजी भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २२ २०७७०१:४१:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend