आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रवादी बन्न खोज्ने भीम रावललाई बालेनले दिए कडा दनक, सामाजिक संजालमा खैलाबैला!  

राष्ट्रवादी बन्न खोज्ने भीम रावललाई बालेनले दिए कडा दनक, सामाजिक संजालमा खैलाबैला!  

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १६ २०७९

  • 11.9K
    SHARES

  • राष्ट्रवादी बन्न खोज्ने भीम रावललाई बालेनले दिए कडा दनक, सामाजिक संजालमा खैलाबैला!  

    काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र नेकपा एमालेका नेता भीम रावलबीच सामाजिक संजालमा जुहारी चलेको छ। साहले अमेरिकी राजदूत भेटेको विषयमा रावलले प्रश्न उठाएपछि उनीहरुबीच जुहारी चलेको हो। बालेनले आफूलाई अमेरिकी राजदूतले भेट्न आग्रह गरेकाले भेटेको बताएका छन् ।

    रावलले उठाएका विषयलाई खण्डन गर्दै परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आफूलाई भेट्न आएपछि राजदूत डीन थम्पसनसँग भेटेको बताएका छन् ।

    ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं,’ बालेनले लेखेका छन्, ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ’, बालेनले अगाडि लेखेका छन्, ‘एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’

    एमाले नेता रावलले बालेनले बिहीबार अमेरिकी राजदूत थम्पसनसँग भेट्दा परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटेको हो कि होइन भनेर प्रश्न गरेका थिए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २० २०७७०८:२७:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend