काठमाडौं- सत्तारुढ नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टीको केन्द्रीय कमिटीलगायत सबै कार्यक्रम गर्न सकिने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले बुधबार संखुवासभामा बृहत् आमसभा गरिसकेपछि अब पनि पार्टी केन्द्रीय समितिलगायत सबै कार्यक्रम गर्न सकिने उनको भनाइ छ ।
बुधबार दिनभरिजसो ओली पार्टीको सचिवालय बैठक बोलाउन इच्छुक थिएनन् । तर, प्रचण्ड, माधवकुमार नेपाल समूहले बोल्ड निर्णय गर्नसक्ने भयपछि ओली बिहीबार बिहान गलेका हुन् ।
त्यसमा पनि कोरोना महामारीका बेला आफैंले संखुवासभामा आमसभा गरेपछि ओलीलाई कोरोना बहाना बनाउने नैतिकता पनि रहेन । त्यसैले शुक्रबार ४ बजेका लागि बालुवाटारमा सचिवालय बैठक बोलाउन ओली सहमत भएका छन् ।
अब पार्टीको केन्द्रीय कमिटी बैठक पनि बोलाउनुपर्ने तर्क नेता रावलले गरेका छन् । उनले बिहीबार बेलुकी सामाजिक सञ्जालमा लेखेका छन्, ‘संखुवासभामा प्रधानमन्त्री स्वयंले आमसभा गर्नुभएपछि नेकपा, केन्द्रीय समितिको बैठक र पार्टीका विधिवत् कार्यक्रम हुन सक्दैनन् वा गर्न मिल्दैन भन्ने कुरा र तर्कको स्वतः खण्डन भएको छ। पार्टी समितिहरूका बैठक र विधिसम्मत कामहरू अगाडि बढाइनु पर्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।