बुधवार, मंसिर १४ २०७९Nov 30 2022

Logo
images

कांग्रेस, एमाले र माओवादीका यी अभागी नेता जो २१० भन्दा कम मतले पराजित भए

कांग्रेस, एमाले र माओवादीका यी अभागी नेता जो २१० भन्दा कम मतले पराजित भए

  • मिडिया डबली
  • बिहिवार, मंसिर ८ २०७९


  • कांग्रेस, एमाले र माओवादीका यी अभागी नेता जो २१० भन्दा कम मतले पराजित भए

    काठमाडौं- दुई सय मतले पराजय हुनु जति पीडा पराजित हुनेलाई मात्रै होला । यसपटकको निर्वाचनमा यस्तो दृश्य देखियो, जो तीन सयभन्दा कम मतले पराजित भए । रोचक त के भने, यी सबै विजयी उम्मेदवार फरक फरक प्रदेशका हुन् ।

    एमाले महासचिव शंकर पोखरेल जम्मा ११७ मतले मात्रै पराजित भए । दाङ-२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका ‘हेभिवेट’ उम्मेदवार पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग जम्मा ११७ मतले पराजित भएका हुन् ।

    images
    images
    images

    शर्माले २६ हजार आठ सय ७७ मत प्राप्त गरी प्रतिनिधिसभामा विजयी हुँदा पोखरेल २६ हजार ६ सय ८१ मत प्राप्त गरेर पराजित भए । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले दाङमा प्रदेश राजधानी बनाउने निर्णय गरेका थिए । तर, उनै पोखरेललाई दाङवासीले पत्याइदिएनन् ।

    काठमाडौं १ मा रवीन्द्र मिश्रको अवस्था पनि त्यस्तै भयो । नेपाली कांग्रेसका प्रकाशमान सिंहले राप्रपाबाट उम्मेदवारी दिएका मिश्रलाई जम्मा १३२ मतले पराजित गरे । भावी प्रधानमन्त्रीको रूपमा आफ्नो दावी प्रस्तुत गरिरहेका सिंहले यसअघि पनि मिश्रलाई एक हजारभन्दा कम मतान्तरले पराजित गरेका थिए । सिंहले ७१ सय ४३ मत प्राप्त गर्दा  मिश्रले ७०११ मत प्राप्त गरे ।

    ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई झिनो मतान्तरले विजयी भए  । उनले जम्मा २०८ मतले मात्रै आफ्ना प्रतिद्वन्द्वीलाई संघीय संसद् आउने बाटो रोकेका थिए । भट्टराईले २१९४३ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले २१७३५ मत मात्र ल्याए ।

    एमालेका राजकुमार गुप्ता पनि झिनो मतान्तरले मात्रै विजयी भएका छन् । गुप्ताले नेपाली कांग्रेसका सुरेन्द्र चौधरीलाई १५१ मतले मात्र पराजित गरे । गुप्ताले २४२६० मत प्राप्त गर्दा चौधरीले २४०१९ मत ल्याए ।

    दैलेख २ मा नेपाली कांग्रेसका उम्मेदवारले एमालेका उम्मेदवारलाई जम्मा एक सय ३५ मतले हराए । कांग्रेसका दिक्पालकुमार शाहीले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई एक सय ३५ मतले मात्रै पराजित गरेका हुन् । शाहीले २०१५८ मत ल्याउँदा  निकट प्रतिस्पर्धी पोखरेल २०००५ मतमा सीमित भए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend