बुधवार, मंसिर १४ २०७९Nov 30 2022

Logo
images

प्रदेश १, मधेस, बाग्मती र गण्डकीमा कांग्रेसकै मुख्यमन्त्री बन्ने, यी हुन् दाबेदार

प्रदेश १, मधेस, बाग्मती र गण्डकीमा कांग्रेसकै मुख्यमन्त्री बन्ने, यी हुन् दाबेदार

  • मिडिया डबली
  • बिहिवार, मंसिर ८ २०७९


  • प्रदेश १, मधेस, बाग्मती र गण्डकीमा कांग्रेसकै मुख्यमन्त्री बन्ने, यी हुन् दाबेदार

    काठमाडौं– प्रदेश सभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । ३३० प्रदेश सभा सिटमा अहिलेसम्म नेपाली कांग्रेसले ६५ सिट जितेको छ । ४० सिटमा अग्रता हासिल गरेको छ ।

    मतपरिणामअनुसार एमाले दोस्रोमा छ । उसले ३० सिट जितेको छ । ६० भन्दा बढी स्थानमा अग्रता छ । माओवादी र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यका उम्मेदवार पनि विजयी हुने क्रम जारी छ ।

    images
    images
    images

    निर्वाचनअघि नै दलहरूले पार्टीका तर्फबाट भावी मुख्यमन्त्रीको उम्मेदवार तय गरेका थिए । कांग्रेसले प्रदेश १ मा गुरुराज घिमिरे र अमृत अर्यालको नाम तय गरेको थियो । घिमिरे जितेर आउन सकेनन् । अर्याल भने विजयी भएका छन् । मोरङ ५ ९ख० बाट कांग्रेस केन्द्रिय सदस्य अर्याल जनता समाजबादीका केन्द्रिय सदस्य तथा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई ५ हजार २ सय ७८ मतको फराकिलो अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । 

    पटक पटक मोरङको कांग्रेस सभापति र दुईपटक केन्द्रिय सदस्य भइसकेका अर्याल प्रतिनिधिसभामा आकांक्षी थिए । तर गठबन्धनमा सिट बाँडफाँड नमिलेपछि उनी प्रदेश सभा सदस्यको चुनावी प्रतिस्पर्धा आएका थिए । बिजयी अर्याल प्रदेश १ मा सत्ता गठबन्धनको सरकार बनेको खण्डमा कांग्रेसको तर्फबाट मुख्यमन्त्रीको दाबेदार पनि हुन् । 

    मधेस प्रदेशमा यसपटक कांग्रेसले उल्लेख्य रूपमा प्रदेश सभा जित्दैछ । मधेसमा कांग्रेसबाठ कृष्णा यादव मुख्यमन्त्रीका प्रबल दाबेदार हुन् । उनी रौतहटबाट निर्वाचित भएका छन् । हुन  त सर्लाही ४ (क) बाट निर्वाचित वीरेन्द्र सिंहले पनि आफू मुख्यमन्त्री बन्ने दाबी गरेका छन् ।

    बाग्मती प्रदेशमा कांग्रेसबाट इन्द्र बानियाँ मुख्यमन्त्रीको प्रबल दाबेदार हुन् । उनी मकवानपुर २ (ख) बाट निर्वाचित भएर आइसकेका छन् । कांग्रेसका बाग्मती प्रदेश सभापतिसमेत रहेका बानियाँलाई मुख्यमन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रतिबद्धता जनाएका छन् ।

    गण्डकी प्रदेशमा कांग्रेसबाट सुरेन्द्रराज पाण्डे बन्ने भएका छन् । उनी गोरखा २ (क) बाट निर्वाचित भएका छन् । गण्डकी प्रदेशमा एमालेले खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउने गरी उम्मेदवार बनाएको थियो । उनी पनि जितेर आइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend