मंगलवार, मंसिर १३ २०७९Nov 29 2022

Logo
images

कांग्रेसका दुवै महामन्त्रीले जिते, एमाले र माओवादीका दुवै महामन्त्री पराजित

कांग्रेसका दुवै महामन्त्रीले जिते, एमाले र माओवादीका दुवै महामन्त्री पराजित

  • मिडिया डबली
  • बिहिवार, मंसिर ८ २०७९


  • कांग्रेसका दुवै महामन्त्रीले जिते, एमाले र माओवादीका दुवै महामन्त्री पराजित

    काठमाडौं- एमाले अध्यक्ष केपी ओलीका मुख्य हर्ताकर्ता शंकर पोखरेल हारको डिलमा पुगेका छन् । केही मत मात्र गन्न बाँकी छँदा उनी माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माभन्दा तीन सय मतले पछाडि छन् । माओवादी एरियाको मत गन्न बाँकी रहेकाले पोखरेल हार्ने सम्भावना प्रबल छ । उनी एमालेका महासचिव पनि हुन् । एमालेमा ओलीपछि पोखरेललाई नै भावी नेतृत्व मानिएको थियो । यदि उनी पराजित भएमा विष्णु पौडेललाई फाइदा हुने देखिएको छ ।

    उता जनार्दन शर्मा र वर्षमान पुनलाई पाखा लगाएर माओवादीको महासचिव बनेका देव गुरुङ पनि पराजित भएका छन् । उनलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पराजित गरेका हुन् । गुरुङको माओवादीमा उदयलाई त्यति मन पराइएको थिएन । दुवै ठूला कम्युनिस्टका महासचिव संसदमा नरहने अवस्था आउँदा नेपाली कांग्रेसका दुवै महामन्त्री सानदार मतका साथ संसद् प्रवेश गरेका छन् ।

    images
    images
    images

    कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा प्रतिस्पर्धी एमाले उम्मेदवारलाई भारी मतान्तरले हराउँदै सांसद निर्वाचित बनेका हुन् । थापाले एमालेका राजन भट्टराई र शर्माले एमालेकै अग्नि खरेललाई सानदार ढंगले पराजित गरेका हुन् ।

    खरेल र भट्टराई दुवै केपी ओलीका राइट ह्या्न्ड मानिन्छन् । पोखरेल, खरेल र भट्टराईको अनुपस्थितिमा अब ओलीलाई सल्लाह दिने भनेको विष्णु रिमाल मात्र हुन् । हुन त गोकुल बासकोटाको जित्ने चान्स अझै बाँकी छ । तर उनले जितिहाल्छन् भन्ने अवस्था छैन । तर, कम्युनिस्ट पार्टीको शक्तिशाली पद मानिने महासचिव पदकै नेता हार्नुलाई सामान्य मानिन्न ।

    कांग्रेसमा सभापतिपछि महामन्त्री शक्तिशाली पद हो । दुवै महामन्त्री संसदमा आउने भएपछि देशकै माहोल फेरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend