मंगलवार, मंसिर १३ २०७९Nov 29 2022

Logo
images

सेन्साईको “विश्वकप च्याम्पियन अफर" योजना सार्वजनिक

सेन्साईको “विश्वकप च्याम्पियन अफर" योजना सार्वजनिक

  • मिडिया डबली
  • बिहिवार, मंसिर ८ २०७९


  • सेन्साईको “विश्वकप च्याम्पियन अफर" योजना सार्वजनिक

    काठमाडौँ-  जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेकट्रोनिक्स ब्राण्ड सेन्साईले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गर्दै “विश्वकप च्याम्पियन अफर" नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ।

    यस योजना अन्तर्गत ग्राहकहरूले सेन्साई टेलिभिजनको खरिद गर्दा रु. ३०,१०० सम्मको आकर्षक नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। साथसाथै एक भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके वेबओएस् टेलिभिजन पनि जित्न सन्किने कम्पनीले जनाउको छ।

    images
    images
    images

    ग्राहकहरूले आफूलाई बम्पर उपहारमा सहभागी गराउन सेन्साई टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्एमएस् गर्नुपर्नेछ। ग्राहकहरूले यो योजना मङ्सिर १ गतेदेखि सीमित अवधिका लागि नेपाल भरी पाउने कम्पनीले जनाएको छ। नेपाल अधिराज्यभर सेन्साई ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेकट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ।

    सिजी इलेकट्रोनिक्से सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

    कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौँ भित्र टङगाल, कुमारी पाटी, वसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, कीर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्। कम्पनीले सिजी डिजिटल शोरुमबाट फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो, एक्सचेन्ज अफर र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरिरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ८ २०७९११:५१:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend