आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले उम्मेदवार बोहराविरुद्ध नाराबाजी गर्ने अछामवासीलाई भीम रावलको धन्यवाद, बालकोटमा हलचल

एमाले उम्मेदवार बोहराविरुद्ध नाराबाजी गर्ने अछामवासीलाई भीम रावलको धन्यवाद, बालकोटमा हलचल

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २८ २०७९

  • 6.1K
    SHARES

  • एमाले उम्मेदवार बोहराविरुद्ध नाराबाजी गर्ने अछामवासीलाई भीम रावलको धन्यवाद, बालकोटमा हलचल

    काठमाडौं - एमाले नेता भीम रावलले चुनावको मुखमै अध्यक्ष केपी ओलीमाथि संगीन आरोप लगाएपछि देशभर तरंग सिर्जना भएको छ ।

    विपक्षी पार्टीको भन्दा पनि आक्रामक ढंगले रावलले ओलीलाई भित्तामै पुग्ने गरी लगाएको आरोपले जनमत भाँडिने देखिएको छ । रावल झन्डै पाँच दशक एमाले राजनीतिमा बिताएका नेता हुन् । उनको पार्टीमा पकड बलियो छ ।

    उनले गत मंसिरमा सम्पन्न एमालेको महाधिवेशनमा केपी ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका थिए । आफूविरुद्ध उम्मेदवारी दिएको रिसमा ओलीले रावलको राजनीति नै सिध्याइदिने अभियानमा लागेका छन् ।

    सोही कारण अछाम १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका रावललाई टिकट नदिई ओलीले माओवादीबाट आएका झपट बोहरालाई टिकट दिए ।

    रावलको असन्तुष्टिका कारण अछाम १ मा एमाले उम्मेदवार बोहरालाई चुनाव जित्न निकै कठिन देखिएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत रावलले एमाले उम्मेदवार बोहराविरुद्ध अछामवासीको आक्रोश र विरोधप्रति धन्यवाद दिएका छन् ।

    उनले आफूले एमाले उम्मेदवारलाई भोट नमाग्ने खुलेयाम घोषणा गरेपछि बालकोटमा भुइँचालो नै गएको छ । स्वेच्छाचारी, अन्यायपूर्ण र गलत भएको भन्दै उनले ओलीको निर्णयले जनता र पार्टी संगठनको घोर अपमान भएको पनि टिप्पणी गरेका छन् ।

    अछाम १ मा रावलको नाम तलबाटै सर्वसम्मत केन्द्रमा पठाइए पनि ओलीले भने सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री बोहरालाई टिकट दिने निर्णय लिएका थिए ।

    आफूलाई टिकट नदिइएपछि अछामका नेता–कार्यकर्ता स्वेच्छाचारी निर्णयविरुद्ध उत्रिएकोमा रावलले धन्यवाद दिएका छन् । उनले नेपालको संविधानको धारा २६९ विपरीत निश्चित दर्शन, सिद्धान्त र विचारबाहिर गएर पार्टीले गठबन्धन बनाएको भन्दै विरोध गरेका छन् ।

    मधेस प्रदेशमा प्रभु साहको असन्तुष्टि र सुदूरपश्चिममा भीम रावलको आक्रोशले एमालेले कम्तीमा १० सिट गुमाउने आकलन गरिएको छ ।

    साहको विद्रोहले मधेस प्रदेशका सप्तरी र सिरहाबाहेक सबै जिल्लामा असर पुग्ने देखिएको छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा प्रभु साहको बलियो पकड छ । साहले खुलेयाम विद्रोह गर्दा पनि ओली निरीह बनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २० २०७७०८:२७:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend