काठमाडौं– नेपाली कांग्रेसका प्रभावशाली युवा नेता मीनकृष्ण महर्जन ललितपुर क्षेत्र नम्बर १ प्रदेश (ख) तर्फ उम्मेदवारकारुपमा सिफारिस भएका छन्। कांग्रेसको क्षेत्रीय समतिलिे महर्जनको नाम जनमतलाई आधार मानेर पहिलो नम्बरमा सिफारिस गरेको छ। ललितपुर जिल्लामा निकै लोकप्रिय रहेका महर्जन २०७४ सालको निर्वाचनमा बामगठबन्धनका उम्मेदवारसँग झिनो मतले पराजित भएका थिए।
यस पटकको निर्वाचनमा महर्जनले पासा पल्टाउने स्थानीयको भनाइ छ। ललितपुर क्षेत्र नम्बर १ का जनतालाई कुनै समस्या परेमा वा ललितपुर १ प्रदेश खमा लोकप्रिय युवानेता महर्जनको १ नम्बरमा सिफारिसविकास निर्माणकाका काममा समेत उनै नेता महर्जनलाई सम्झिने गरेका छन्। राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष समेत रही सकेका नेता महर्जन खेलकुद जगतका हस्ती नै मानिन्छन्।
५ दलिय गठबन्धन कायम रहँदा ललितपुर– १ प्रतिनिधि सभाका उम्मेदवार जिताउन पनि प्रदेशसभा (ख)मा महर्जनको उम्मेदवारी आवश्यक रहेको कांग्रेसका नेता–कार्यकर्ताको भनाइ छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।