शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

दोलखा कांग्रेसका प्रदेश सभापति ३ दिन देखि बेपत्ता, प्रहरीले तिव्र बनायो खोजी कार्य

दोलखा कांग्रेसका प्रदेश सभापति ३ दिन देखि बेपत्ता, प्रहरीले तिव्र बनायो खोजी कार्य

  • मिडिया डबली
  • बुधवार, श्रावण २५ २०७९

  • 5.2K
    SHARES

  • दोलखा कांग्रेसका प्रदेश सभापति ३ दिन देखि बेपत्ता, प्रहरीले तिव्र बनायो खोजी कार्य

    काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेश (ख) का सभापति चित्रप्रसाद दाहाल बेपत्ता भएका छन्। उनी साउन २२ गते बिहानदेखि सम्पर्कविहीन भएका हुन् । भक्तपुरको बालकोटबाट दोलखाको चरिकोट जानका लागि गाडी चढेका सभापति दाहाल त्यसपछि कहाँ पुगे भन्ने अहिलेसम्म पत्ता लागेको छैन । 

    बालकोटबाट बा. २० ख ९८२२ नम्बरको सार्वजनिक बसमा आफूले नै दाइलाई चढाएको उनका भाइ गणेशप्रसाद दाहालले बताए । तर, बालकोटबाट जडीबुटीमा झरेर चरिकोटको गाडी समात्नु पर्नेमा सभापति दाहाल कलंकीमा पुगेपछि मात्रै उत्रिएको सो गाडीका सहचालकले बताएको उनका भाइले जानकारी दिएका छन् ।

    साउन २२ गते बिहान ६ बजेर ३९ मिनेटमा सभापति दाहालकै भाइले उनलाई बालकोटको महेन्द्र शान्ति स्कुल नजिकबाट गाडी चढाएका थिए । सभापति दाहालले त्यसपछि साउन २२ गते नै बिहान ६ बजेर ५२ मिनेटमा आफ्नो मोबाइलको चार्ज सकिएर अफ हुन लागेको भन्दै आफूलाई फोन गरेको उनका भाइले बताएका छन् ।

    सोही दिन बिहान ६ बजेर ५६ मिनेटमा फोन लगाउँदादेखि सभापति दाहालको मोबाइल अफ रहेको उनका भाइले बताए । आफ्ना दाइको अपहरण भएको हुनसक्ने शंका भाइ गणेशले गरेका छन् ।

    यस विषयमा महानगरीय प्रहरी वृत ठिमी भक्तपुरमा उजुरी दिइसकेको र प्रहरीले खोज तथा अनुसन्धान भइरहेको जानकारी दिएको सभापति दाहालका भाइले बताएका छन् ।

    महानगरिय प्रहरी वृत ठिमीका इन्सपेक्टर मनोज श्रेष्ठले यो घटना अनुसन्धानका क्रममा रहेको बताएका छन् । सभापति दाहालको मोबाइल फोन ट्रयाक गर्दा जडिबुटीपछि मोबाइल अफजस्तो देखिएको र खोजीका क्रममा उनी कलंकीमा नै झरेको बुझिएको  इन्सपेक्टर श्रेष्ठले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend