काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ७६ सिट जित्ने देखिएको छ। निर्वाचन आयोगको अन्तिम मत परिणामअनुसार वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा कांग्रेस ७६ र एमाले ७१ निर्वाचन क्षेत्रमा अगाडि देखिएको छ। माओवादी केन्द्र ८, जनता समाजवादी पार्टी (जसपा) ५ र नेकपा एकीकृत समाजवादी १ निर्वाचन क्षेत्रमा मात्रै अगाडि देखिएका छन्।
कांग्रेसले सत्ता गठबन्धनमा भित्र्याउन पहल गरिरहेको दल लोकतान्त्रिक समाजवादी पार्टी गत स्थानीय चुनावको मत परिणामको आधारमा (लोसपा) नेपाल २, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) १ र नागरिक उन्मुक्ति पार्टी १ निर्वाचन क्षेत्रमा अगाडि छन्।
रोचक के छ भने काठमाडौं क्षेत्र नम्बर १ मा वडाध्यक्षले जितेको मतका आधारका कांग्रेस पहिलो र एमाले दोस्रो देखिए पनि वडाध्यक्ष नै नजितेका बालेन्द्र शाहले पाएको मत कांग्रेस र एमालेको भन्दा बढी देखिन्छ। यो स्थितिमा आगामी चुनावमा काठमाडौं १ बाट स्वतन्त्रले नजित्ला भन्ने अवस्था छैन।
२०४७ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सीटमध्ये नेकपा एमालेले ८०, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले २३, तत्कालीन संघीय समाजवादी फोरमले ११, तत्कालीन राष्ट्रिय जनता पार्टीले १० र अन्य दलले ५ सिटमा जितेका थिए।
गत चुनावमा एमाले र माओवादीबीच गठबन्धन भएकाले दुबै दलले फाइदा पाएका थिए। एक्लाएक्लै लडेका भए एमाले माओवादीले यति सीट जित्ने अवस्था थिएन।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेविरुद्ध माओवादी र कांग्रेसबीच गठबन्धन बन्यो। स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा प्रतिनिधिसभामा कांग्रेस र एमालेको शक्ति झण्डै बराबरी देखिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।