शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसले चुनावी अभियान सञ्चालन गर्ने, ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने

कांग्रेसले चुनावी अभियान सञ्चालन गर्ने, ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने

  • मिडिया डबली
  • सोमवार, श्रावण २३ २०७९

  • 3.5K
    SHARES

  • कांग्रेसले चुनावी अभियान सञ्चालन गर्ने, ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने
    फाइल तस्वीर

    काठमाडौं । नेपाली कांग्रेसले चुनावी अभियान सञ्चालन गर्ने भएको छ। केन्द्रीय सदस्यहरूलाई ७७ जिल्लामै खटाएर चुनावी अभियान सञ्चालन गर्न लागिएको हो।

    कांग्रेस सहमहामन्त्री जीवन परियारले  केन्द्रीय समिति बैठकले चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेकोले केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको  बताए।

    आज बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केन्द्रीय नेता चुनावी अभियानमा खटाउनेबारे छलफल भएको थियो। ‘केन्द्रीय नेतालाई छिट्टै जिल्ला तोकेर पठाउँछौं,’ उनले भने, ‘७७ जिल्लामै भदौ २ देखि २४ गतेसम्म चुनावी अभियान सञ्चालन हुन्छ।’

    मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारीका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि पठाएर चुनावी तयारी गर्न लागेको हो। कांग्रेसले चुनावमा गठबन्धन गरेर जाने निर्णय गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend