शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेससँग ५० प्रतिशत सिट भागबन्डा माग्ने, सहमति नजुटे निश्चित क्षेत्रमा कम्युनिस्टका साझा उम्मेदवार बनाउने

कांग्रेससँग ५० प्रतिशत सिट भागबन्डा माग्ने, सहमति नजुटे निश्चित क्षेत्रमा कम्युनिस्टका साझा उम्मेदवार बनाउने

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २० २०७९

  • 8.2K
    SHARES

  • कांग्रेससँग ५० प्रतिशत सिट भागबन्डा माग्ने, सहमति नजुटे निश्चित क्षेत्रमा कम्युनिस्टका साझा उम्मेदवार बनाउने

    काठमाडौं । आगामी मंसिर ४ गते दोस्रो प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने निश्चित भएको छ । बिहीबार सरकारले मंसिर ४ मा निर्वाचन गर्ने निर्णय गरेपछि अहिले सबैको ध्यान एक सय ६५ निर्वाचन क्षेत्रमा कसरी कुन ढंगले अघि बढ्ने भन्ने छलफलको तयारीमा दलह जुटेका छन् । सत्तारुढ दलहरूमध्ये नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । उसको एक सय ६५ निर्वाचन क्षेत्रमै बलियो संगठन छ । त्यही भएर अहिले कांग्रेसलाई ठूलो र बहुमत ल्याउन नदिन सत्तारुढ दलहरूबीच नै उपगठबन्धनको तयारीमा प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवलगायत जुटेका छन् ।

    माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, वामदवे गौतम र बाबुराम भट्टराईको पार्टी मिलेर प्रगतिशील मोर्चा बनाउने गृहकार्य भइरहेको छ । सहभागी दलका तर्फबाट ५० प्रतिशत सिट सुनिश्चित हुने गरी कांग्रेससँग छलफल गर्ने तयारी गरिएको छ । त्यसमा सहमति नजुटे देशभर प्रगतिशील शक्तिबाट उम्मेदवार उठाउने र निश्चित क्षेत्रमा कांग्रेससँग तालमेल गरेर अगाडि बढ्ने विषयमा समेत छलफल भएको छ ।

    ‘ही ठाउँमा पाँचदलीय गठबन्धनको साझा उम्मेदवार हुने, कतिपय ठाउँमा कांग्रेसबाहेक गठबन्धनका अन्य दलको साझा उम्मेदवार बनाउने भित्री तयारी प्रचण्ड, माधव नेपालल गरेका छन् । कांग्रेस वा प्रगतिशील मोर्चा बलियो भएको क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने र एमाले बलियो भएको क्षेत्रमा दोस्रो बलियो शक्तिलाई समर्थन गरेर अगाडि बढ्ने मोडालिटीमा पनि तालमेल हुन सक्ने नेताहरू बताउँछन् । त्यस्तो स्थितिमा सिट बाँडफाँडमा पनि सहज हुने र गठबन्धनका उम्मेदवारको जित पनि निश्चित हुने नेताहरूको बुझाइ छ ।

    कतिसम्म भने माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवबीच एउटै घोषणापत्र बनाएर जाने विषयमा समेत छलफल भएको छ । एउटै घोषणापत्र भयो भने साझा धारणाका साथ जान सकिने र प्रचारमा एकरूपता हुने बुझाइ नेताहरूको छ । घोषणापत्रसहितका विषय टुंग्याउन समिति नै गठन गर्नेसम्मको छलफल अघिल्लो बिहीबार भएको थियो ।

    प्रगतिशील शक्तिबीच एउटै निर्वाचन चिह्नमा जान सकिन्छ कि सकिन्न भन्ने विषयमा पनि छलफल भएको छ । एउटै चुनाव चिह्न लिएर जाँदा प्रचारमा सहज हुने, तर समानुपातिकमा पनि उम्मेदवार थोरै हुँदा सिटमा असर पर्नेबारे समेत छलफल भएको छ । छुट्टाछुट्टै चुनाव चिह्न हुँदा समानुपातिकमा मत धेरै आउने विश्लेषण नेताहरूको छ । कानुनी हिसाबले पार्टी एकता भएन भने निर्वाचित जनप्रतिनिधिलाई कुन पार्टीको कसरी मान्ने भन्ने विषयमा समेत कुराकानी भएको शीर्ष छलफलमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार सबै विषयमा छलफल भए पनि टुंगो भने लागिसकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend