काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले एक सयभन्दा बढी सिट नपाए गठबन्धनलाई कसिलो बनाउन समस्या हुने बताएका छन्।
निर्वाचन घोषणा भएपछि संचारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको देशभरको भोटको अवस्थाले एक सयभन्दा बढी सिटमा उम्मेदवार बनाउनुपर्ने अवस्था रहेको बताए। उनले भने, ‘नेपाली कांग्रेसको देशभरको भोटको अवस्था र कांग्रेस नेताहरुको व्यवस्थापनका लागि गठबन्धन गर्दा पनि कांग्रेसलाई सय सिट आवश्यक पर्छ। कांग्रेसले सय सिट नपाए गठबन्धनलाई कसिलो बनाउन समस्या हुन्छ।’
पौडेलले सिट बाँडफाँडमा दलहरुका आ–आफ्ना दाबी भए पनि धरातलीय यथार्थमा उभिएर निर्णय गर्नुपर्ने बताए। पौडेलले सिटमा धेरै बार्गेनिङ गरेर उम्मेदवार मात्र बनाउने कि परिणाम निकाल्ने गरी सिट बाँडफाँड गर्ने भनेर प्रश्न पनि गरेका छन्। उनले भने, ‘गठबन्धन परिणाममुखी बनाउने हो कि उमेदवार बनाउन मात्र बार्गेनिङ होरु उमेदवारी दिएर फेरि प्रतिस्पर्धी दललाई बुझाइदिने होरु सिट लिएर जित्न सक्ने गरी सिट लिनुपर्छ।’
सिट बाँडफाँडका लागि देशभर भोटको अवस्था, स्थानीय चुनावमा पाएको भोट, २०७४ सालको दलहरुले पाएको भोटलाई पनि आधार बनाइनुपर्ने पौडेलको भनाइ थियो। उनले भने, ‘सिट बाँडफाँड गर्दा धरातलीय यथार्तमा आधारित भएर स्थानीय चुनावमा पाएको भोट, २०७४ सालको दलहरुले पाएको भोटलाई पनि आधार बनाउनुपर्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।