काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मंसिर ४ गते निर्वाचन हुने बताएका छन्। नेपाल प्रेस युनियनको नवनिर्वाचित समितिका पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा प्रवक्ता महतले यस्तो बताएका हुन्।
उनले केही दिनमा नै निर्वाचन घोषणा हुने बताएका छन्। ‘मंसिर ४ गते चुनाव हुन्छ। केही दिनमा नै औपचारिक रूपमा घोषणा हुन्छ,’ प्रवक्ता महतले भने।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पनि मंसिर ४ मा चुनाव हुने बताइसकेका छन्। तर एमालेले भने निर्वाचन सार्ने खेल भइरहेको आरोप लगाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।