काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोलअन्तरले हराएको हो ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाललाई जित दिलाउन आयुस घलान, कृतिस राना र मयांक नकर्मीले एक–एक गोल गरे ।
खेलको ५८औं मिनेटमा आयुसले गोल गर्दै नेपाललाई अग्रता दिलाए । ६५औं मिनेटमा कृतिसले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । खेलको ८४औं मिनेटमा मनग्यले गोल गर्दै टिमलाई सहज जित दिलाए । नेपालको यो दोस्रो जित हो । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो ।
च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।