शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसको निर्णयले माओवादी र नेकपा एसमा भुकम्प, आकस्मिक बैठकमा भयो यस्तो छलफल

कांग्रेसको निर्णयले माओवादी र नेकपा एसमा भुकम्प, आकस्मिक बैठकमा भयो यस्तो छलफल

  • मिडिया डबली
  • मंगलवार, श्रावण ३ २०७९

  • 6.0K
    SHARES

  • कांग्रेसको निर्णयले माओवादी र नेकपा एसमा भुकम्प, आकस्मिक बैठकमा भयो यस्तो छलफल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपाका सचिवालयमा रहेका बहुमत नेताहरुबीच पार्टी एकताको विषयमा छलफल भएको बताएकाका छन्। बैठकमा सोमबार सार्वजनिक नेपाली कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय र एमालेका निर्णयबारे पनि छलफल भएको उनले जानकारी दिएका हुन्। 

    मंगलवार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालीन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो। विचार मिल्नेहरुबीच एकताबारे छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष दाहालले बताएका हुन। 

    आफूहरूको एकता सत्तारुढ गठबन्धनविरुद्धमा भने नभएको उनको स्पष्टोक्ति छ। ‘नेपाली काँग्रेसको पनि केन्द्रीय समिति बैठक हिजो सकियो। उहाँहरुको निर्णय गठबन्धन गरेर जाने, तालमेल गरेर जाने भन्ने भएको छ। त्यो बारेमा पनि हामीले चर्चा गर्‍यौँ। एमालेका निर्णयहरु पनि आइराखेका छन्। त्यस बारेमा पनि चर्चा गर्‍यौँ,’ प्रचण्डले भने। 

    गठबन्धनलाई कायम राखेरै जानुपर्ने भन्नेमा विमति नरहेको उनको भनाइ छ। स्थानीय तहको निर्वाचनको अनुभवलाई पनि ध्यान दिएर अझ प्रभावकारी कसरी बनाउने भन्ने बारेमा हाम्रो चर्चा भएको उनको भनाइ छ। 

    ‘विचार मिल्नेहरुको बिचमा एकताको सम्भावना बारे पनि हामी छलफल गरिराखेका छौँ। त्यो भनेको यो गठबन्धनविरुद्ध भनेको होइन है। पार्टी एकीकरणको बारेमा चर्चा गरेको छौँ, उनले भने। अध्यक्ष दाहालले गठबन्धनलाई कायम राखेर जानमा कसैको पनि आपत्ति नभएको प्रष्ट पारेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend