काठमाडौं । नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री बालकृष्ण खाँडले कांग्रेस एक्लै चुनावमा जाने हो भने पनि प्रतिनिधिसभा प्रत्यक्षमा ७७ सिट ल्याउने दाबी गरेका छन्। पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा निर्वाचन आयोगको तथ्यांकलाई हवाला दिँदै उनले यस्तो दाबी गरेका हुन्।
यद्यपि यो आकलन दलहरू एक्लाएक्लै लड्दा मात्र वास्तविक बन्ने उनको भनाइ छ। यदि एक्लाएक्लै लड्ने हो भने एमालेले ६२ सिट ल्याउने उनको भनाइ छ।
यस्तै, माओवादी ८ र नेकपा एस १ एक ठाउँमा अघि हुने आकलन उनको छ। सबै दल एक हुँदा र कांग्रेस एक्लै लड्दा २१ ठाउँमा जित्ने उनको भनाइ छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।