शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस बागमती प्रदेश बैठकको निष्कर्षः दुई बुँदे सहमतिअनुसार बानियाँलाई मुख्यमन्त्री बन्न नदिने खेल हुनु दुःखद्

कांग्रेस बागमती प्रदेश बैठकको निष्कर्षः दुई बुँदे सहमतिअनुसार बानियाँलाई मुख्यमन्त्री बन्न नदिने खेल हुनु दुःखद्

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २४ २०७९

  • 5.9K
    SHARES

  • कांग्रेस बागमती प्रदेश बैठकको निष्कर्षः दुई बुँदे सहमतिअनुसार बानियाँलाई मुख्यमन्त्री बन्न नदिने खेल हुनु दुःखद्

    काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको समीक्षा बैठक सम्पन्न भएको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको बैठक कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँको सभापतित्वमा बसेको थियो ।

    स्थानीय तहको निर्वाचनपछि समीक्षा गर्न बैठक बसेको हो । बैठकले स्थानीय तहको निर्वाचनमा बागमती प्रदेशमा कांग्रेसले ५० प्रतिशतभन्दा बढी सिट जितेको र त्यो गठबन्धनको परिणामस्वरुप नतिजा आएको निष्कर्ष निकालेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलकप्रसाद रुवालीले जानकारी दिए ।

    ‘स्थानीय तहको निर्वाचनमा सफलता प्राप्त गरेसँगै आगामी निर्वाचनमा पनि गठबन्धनकै माध्यमबाट जाने निष्कर्ष निकालिएको छ,’ उनले भने, ‘प्रदेशमा कांग्रेसले ५० प्रतिशतभन्दा बढी सिट जितेको छ । गठबन्धनको परिणामस्वरुप यो नतिजा आएको भन्नेमा प्रदेशका सबै जिल्ला सभापतिको निष्कर्ष रह्यो ।’

    उनले कांग्रेसकै कारण गठबन्धनमा तिक्तता नआउने बरु सत्ता सहयात्री दलहरू फरक फरक विचारका भएकाले सानातिना समस्या आए पनि गठबन्धनअनुसार चुनावमा जाने निष्कर्ष निकालेको उनको भनाइ छ ।

    ‘गठबन्धनकै माध्यमबाट आगामी निर्वाचनमा जाने निष्कर्ष निकालिएको छ । फरक दल र फरक विचारका पार्टीबीच गठबन्धन हुँदा अलिअलि कठिनाइ आइरहन्छ । तर आगामी निर्वाचनमा गठबन्धनबाटै जाने छलफल भएको छ । कांग्रेसका कारण गठबन्धनमा तिक्तता आउँदैन । अरु नै दलका कारण भएमा केही भन्न सकिन्न,’ उनले भने, ‘दलीय राजनीतिमा अलिअलि गुटबन्दी भइहाल्छ । तर, देखिने गरी बागमती प्रदेशमा कुनै गुटबन्दी छैन ।’

    रुवालीका अनुसार प्रदेशका सबै जिल्ला सभापतिहरूले सरकार गठनका बेला जुन दुई बुँदे सहमति भएको थियो, त्यसलाई लागू गर्न जोडदार माग गरेका छन् ।

    ‘दुई बुँदे सहमति हुँदा पनि अहिलेसम्म मुख्यमन्त्री इन्द्र बानियाँ नहुनु दुखद रहेको सबै जिल्ला सभापतिहरुले बताएका छन्,’ रुवालीले भने । सहमतिअनुसार आलोपालो मुख्यमन्त्री बन्ने थियो । जसमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले चुनावअघि कांग्रेसका बानियाँलाई मुख्यमन्त्री छाड्नुपर्ने उल्लेख थियो । तर जब कांग्रेसले दुई बुँदे सहमति सार्वजनिक गर्यो, एकीकृत समाजवादीले एमालेसँग गठबन्धन गर्ने गरी छलफल थाल्यो । यसले पनि कम्युनिस्टहरू सत्ता पाएपछि सजिलै कुर्सी छाड्दैनन् भन्ने पुष्टि हुन्छ ।

    कांग्रेस बागमती प्रदेशका सभापति बानियाँले सरकारभन्दा पनि महत्वपूर्ण पाँचदलीय गठबन्धन रहेको र त्यसलाई टिकाउन आफूहरू लागिपर्ने बताए । उनले आगामी निर्वाचनमा पनि गठबन्धन कायमै रहने उल्लेख गरे । 

    बैठकमा कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले कम्युनिस्टको भर गर्न नहुने बताएका थिए । कांग्रेस दोलखाका सभापति बर्मा लामाले स्थानीय तहको निर्वाचनमा ३० वर्षे कम्युनिस्ट किल्ला कांग्रेसले तोडेको उल्लेख गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend