शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

बुढिगंगामा कांग्रेसले चुनाव जित्ने निश्चित, यसरी भइरहेको छ मतदानको तयारी 

बुढिगंगामा कांग्रेसले चुनाव जित्ने निश्चित, यसरी भइरहेको छ मतदानको तयारी 

  • मिडिया डबली
  • सोमवार, आषाढ २० २०७९

  • 13.7K
    SHARES

  • बुढिगंगामा कांग्रेसले चुनाव जित्ने निश्चित, यसरी भइरहेको छ मतदानको तयारी 
    फाइल तस्वीर

    बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिकाको असार २३ गते हुने पुनः मतदानका लागि कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

    वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो ।

    जेठमा बसेको सर्वदलीय बैठकमा असार २३ गते गर्ने राजनीतिक दलको सहमतिपछि बुढीगङ्गामा पुन निर्वाचन हुन लागेको हो । पुनः निर्वाचनका लागि १९ जना मतदान अधिकृत र १९ जना सहायक मतदान अधिकृत र सहायक कर्मचारी गरी ९५ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए ।

    निर्वाचनका लागि खटाइएका १९ मतदान अधिकृतमध्ये एक जना महिला मतदान अधिकृत खटाइएको छ । जिल्ला अस्पताल बाजुरामा कार्यरत धनकला थापालाई बुढीगङ्गा नगरपालिका–१ धुरालसैन मतदान केन्द्र ‘क’ मा मतदान अधिकृतका रूपमा खटाइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षणपछि उनीहरुलाईलाई मतदान केन्द्रमा पठाइएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend