आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

हिन्दुहरुको सुरक्षाका लागि संयुक्तराष्ट्रसँग अन्तर्राष्ट्रिय हस्तक्षेपको माग

हिन्दुहरुको सुरक्षाका लागि संयुक्तराष्ट्रसँग अन्तर्राष्ट्रिय हस्तक्षेपको माग

  • मिडिया डबली
  • सोमवार, आषाढ २० २०७९

  • 4.8K
    SHARES

  • हिन्दुहरुको सुरक्षाका लागि संयुक्तराष्ट्रसँग अन्तर्राष्ट्रिय हस्तक्षेपको माग

    काठमाडौँ- राष्ट्रिय एकता अभियानले पाकिस्तान र बङ्लादेशका अल्पसंख्यक हिन्दूहरूको सुरक्षाको लागि अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गरेको छ।

    अभियानका अध्यक्ष विनय यादवले संयुक्त राष्ट्र संघलाई ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेका हुन। सो ज्ञापनपत्र नेपाल स्थित राष्ट्र संघ कार्यालयका सुचना अधिकारी राजेन्द्रमान बनेपालीले बुझेका थिए।

    बङलादेशको नाराइल सदर उप जिल्ला स्थित मिर्जापुर यूनाइटेड कलेजका प्रिन्सिपललाई हिन्दु भएकै कारण जुत्ताको माला लगाइएको घटनापश्चचात सो माग गरिएको अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले बताएका छन।

    ‘कलेजका एक छात्रले भाजपा नेत्री नूपुर शर्माको फोटो फेसबुकमा पोस्ट गरेपछि केही मुस्लिम छात्रहरूले पोस्ट डिलीट गर्न डर धम्की दिएका थिए’ ज्ञापनपत्रमा भनिएको छ–‘यसमा प्रिन्सिपललाई छात्रको पक्ष लिएको भन्दै १७ जुन २०२२ मा जुत्ताको माला लगाए।’

    जिहादी छात्रहरूले दुई शिक्षकहरूको मोटरसाइकलमा आगो पनि लगाएको जनाईएको छ। ती छात्र र स्थानीय जिहादीले धर्मको अपमान गरेको आरोप लागउँदै प्रधानाध्यापक स्वपन कुमार विश्वासलाई जुत्ताको माला लगाई अपमान गरेको ज्ञापनपत्रमा उल्लेख छ।

    बाङलादेश र पाकिस्तानमा हिन्दुत्व बिरोधि जिहादी घटनाहरू पटक–पटक हुनुले त्यहाँको सरकार हिन्दुहरूको सुरक्षाको बिषयमा अति गैरजिम्मेवार देखिएको आरोप लगाईएको छ।

    ति देशका सरकार जिहादीहरूको गतिविधिमा रोक लगाउन असक्षम देखिएकाले अन्तर्राष्ट्रिय हस्तक्षेपको आवश्यक्ता रहेको अभियानले वताएका छ।

    1 (1).jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend