शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस प्रवक्ता महत बने एकाएक गरम, शेखर समूहलाई दिए यस्तो चेतावनी  !

कांग्रेस प्रवक्ता महत बने एकाएक गरम, शेखर समूहलाई दिए यस्तो चेतावनी  !

  • मिडिया डबली
  • आइतवार, आषाढ १९ २०७९

  • 15.4K
    SHARES

  • कांग्रेस प्रवक्ता महत बने एकाएक गरम, शेखर समूहलाई दिए यस्तो चेतावनी  !

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले निकालेको पाँच बुँदे निष्कर्षप्रति कांग्रेसको संस्थापन समूह क्रुद बनेको छ। सभापति शेरबहादुर देउवालाई विभिन्न आरोप लगाउँदै शेखर समूहले पाँच बुँदे निष्कर्ष निकालेको थियो। तर, संस्थापन समूहले शेखर समूहले टोलमा जात्रा देखाएको टिप्पणी गरेको छ।

    प्रवक्ता प्रकाशशरण महतले शेखर समूहले निकालेको निष्कर्ष पार्टीका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् । ‘पार्टीको नेतृत्वमा गठबन्धनको सरकार छ । निर्वाचनमा हामीले सफलता प्राप्त गर्‍यौँ। अब चाँडै आम निर्वाचन हुँदैछ,’ उनी उनले भने, ‘अहिले एकताबद्ध भएर जानुपर्ने बेलामा विरोधी पार्टी जसरी  साथीहरू प्रस्तुत हुनुभएको छ । यो दुर्भाग्यपूर्ण हो । यो सही छैन ।’

    यसले पार्टी र शेखर समूहको पनि हित नगर्ने प्रवक्ता महतको तर्क छ । उनले भने, ‘यसले पार्टीको पनि हित गर्दैन, उहाँहरूको पनि हित गर्दैन । यसले कसैको पनि हित गर्दैन ।’ पार्टीमा प्रचण्ड बहुमत हुँदा पनि सभापति सबैको सरसल्लाह लिएर अगाडि अगाडि बढेको महतको दाबी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend