शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसको काँधमा चढेर चुनाव जितेको माओवादी मात्तियो, लगायो यस्तो आरोप 

कांग्रेसको काँधमा चढेर चुनाव जितेको माओवादी मात्तियो, लगायो यस्तो आरोप 

  • मिडिया डबली
  • आइतवार, आषाढ १९ २०७९

  • 4.2K
    SHARES

  • कांग्रेसको काँधमा चढेर चुनाव जितेको माओवादी मात्तियो, लगायो यस्तो आरोप 

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसबाट सहयोग नभएको ‘रिपोर्टिङ’ भएको छ ।

    आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बैठकमा रिपोर्टिङका क्रममा प्रदेश अध्यक्षहरुले चुनावमा कांग्रेस इमान्दार नभएको सुनाएका छन् ।

    बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले गठबन्धनमा आफूहरुले इमानदारीपूर्वक मत हालेको तर कांग्रेसमा त्यो इमानदारिता नदेखिएको बताए ।

    ‘कांग्रेसले हामीलाई मत हालेकै देखिएन’, उनी भन्छन्, ‘जहाँ कांग्रेस कमजोर छ र हामी पनि कमजोर छौं, त्यस्तो ठाउँमा थोरै भोट आएको छ । अरु ठाउँमा हामीलाई साइजमा ल्याउन खोजिएको छ ।’

    गण्डकी प्रदेशकी अध्यक्ष गायत्री गुरुङले गठबन्धनबाट उम्मेदवार बन्दा पनि माओवादी उम्मेदवारले नजित्नुको कारण कांग्रेसले मत नहाल्नु भएको रिपोर्टिङ गरिन् । ‘गठबन्धनबाट उम्मेदवार हुँदा नि हाम्रो उम्मेदवारले नजित्नुको कारण कांग्रेसले मत नहाल्नु हो,’ गुरुङले भनिन् ।

    लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा माओवादी केन्द्र दोस्रो भए पनि उप्रमुखसमेत नपाउँदा पार्टीमा पलायन बढेको सुनाए । ‘नेपालगञ्‍जमा हामी दोस्रो हो’, उनले भने, ‘तर उपमेयर पनि नपाउँदा हाम्रो पार्टीबाट अन्त गएर उम्मेदवार बन्ने अवस्था रह्यो। यसले पार्टीबाट पलायन बढ्यो ।’

    कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीले गठबन्धनबाट धोका भएको बताएकी थिइन् । उनको भनाइ थियो, ‘गठबन्धनमा धोका भयो। समाजवादीसम्मले हामीलाई भोट हालेन।’

    त्यस्तै उपत्यका विशेष प्रदेशका अध्यक्ष जगत सिंखडाले पनि गठबन्धनबाट कांग्रेसले धेरै फाइदा लिएको तर ऊ आफैं अरुप्रति इमान्दार नरहेको सुनाएका थिए । ‘कांग्रेसका मतदाता इमान्दार छैनन्,’ उनको भनाइ थियो, ‘हामीलाई हराउन कांग्रेस सबैसँग मिल्यो। अब कांग्रेससँगको गठबन्धनबारे गम्भीर रूपमा सोच्नुपर्छ ।’ एक्लै चुनावी तयारीमा जुट्नुपर्ने जोड सिंखडाको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend