शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
आजको विशेष

नेपालका कम्युनिस्ट नेताको भर नभएपछि कांग्रेससँग सम्बन्ध विस्तार गर्दै चीन

नेपालका कम्युनिस्ट नेताको भर नभएपछि कांग्रेससँग सम्बन्ध विस्तार गर्दै चीन

  • मिडिया डबली
  • आइतवार, आषाढ १९ २०७९

  • 8.3K
    SHARES

  • नेपालका कम्युनिस्ट नेताको भर नभएपछि कांग्रेससँग सम्बन्ध विस्तार गर्दै चीन

    काठमाडौं - नेपाली कांग्रेस र चिनियाँ कम्युस्टि पार्टी (सिपिसी) बीच पाँच दशक लामो मित्रवत् सम्बन्ध छ ।

    नेपाली कांग्रेसका नेता बीपी कोइरालाले आफ्नो प्रधानमन्त्रीत्वकालमै चीनको भ्रमण गरी दुई देशबीच सम्बन्ध मजबुत बनाएका थिए । तत्कालीन सिपिसी नेता माओत्से तुङलगायतले नेपाली कांग्रेससँग मित्रवत् सम्बन्ध कायम गरेका थिए ।

    जतिबेला अहिलेका नेपालका कम्युनिस्ट नेताहरू राजनीतिमा समेत आएका थिएनन् । तर, त्यसपछि नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्बन्ध सुदृढ हुन सकेन ।

    तैपनि नेपाली कांग्रेसका नेताहरूलाई चीनले औपचारिक रूपमा बेइजिङ बोलाउँदै आएको छ । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासमेत चीन गइसकेका छन् ।

    नेपाली कांग्रेसका नेतामा सबैभन्दा धेरै चीन भ्रमण गर्नेमा सुजाता कोइराला हुन् । उनी वर्षेनी चीन गइरहेकी हुन्छिन् । पछिल्लो समय राष्ट्रियका विषयमा कांग्रेसले प्रष्ट धारणा राख्दै आएपछि चिनियाँ कम्युनिस्ट पार्टीले कांग्रेससँगको सम्बन्धलाई विस्तार गर्न खोजिरहेको छ ।

    कांग्रेस नेतृत्वको सरकारका पालामा कहिल्यै पनि चीनसँग सम्बन्ध तिक्तता हुने गरेको छैन । बरु केपी ओली, प्रचण्ड प्रधानमन्त्री भएका बेला सम्बन्ध बिग्रिएको थियो ।

    एक साताको बीचमा सिपिसी अन्तर्राष्ट्रिय सम्पर्क विभागका नवनियुक्त प्रमुख लिउ जियानचाओले नेपालका प्रमुख दलका नेताहरूसँग बेग्लाबेग्लै भर्चुअल संवाद गरेका छन् ।

    प्रमुख लिउ जियानचाओले एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता डा. नारायण खड्कासँग संवाद गरेका हुन् । १६ असारमा खड्कासँग भर्चुअल संवाद गरेका थिए ।

    चिनियाँ कम्युनिस्ट पार्टीको वेबसाइटमा चिनियाँ भाषा पेजमा राखिएको नोटअनुसार खड्काले परराष्ट्रमन्त्रीका रूपमा नभएर कांग्रेस नेताका रूपमा संवाद गरेका हुन् ।

    संवादमा कांग्रेस नेता खड्काले चिनियाँ नेतालाई आफ्नो पार्टीको परराष्ट्र नीति बताएका छन् । सिपिसी नेता लिउले नेता खड्कालाई दुई देशले कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षयता सधैँ एक–अर्कालाई बुझेको र सहयोग गरेको बताए ।

    ‘चिनियाँ कम्युनिस्ट पार्टीले कांग्रेसलगायत सबै नेपाली राजनीतिक दलहरूसँग मैत्रीपूर्ण सम्बन्ध आदानप्रदान कायम गर्दछ,’ लिउलाई उद्धृत गर्दै सिपिसी विदेश विभागको वेबसाइटमा लेखिएको छ ।

    लिउले चिनियाँ कम्युनिस्ट पार्टीको आसन्न २०औँ महाधिवेशनबारे जानकारी दिँदै त्यसपछि दुई देशबीच मात्र नभएर विश्वमा नै महत्वपूर्ण र सकारात्मक प्रभाव पार्ने बताएका थिए । दुई देशबीच साझा विकासका लागि नेपाल असल साझेदार भएको पनि लिउको भनाइ थियो ।

    नेता खड्काले कांग्रेस चिनियाँ पार्टीसँग मित्रता विकास गर्न प्रतिबद्ध रहेको बताएको चिनियाँ वेबसाइटमा उल्लेख छ ।

    ‘खड्काले पार्टी एक चीन नीतिलाई दृढताका साथ पालना गर्ने, स्वतन्त्र परराष्ट्र नीतिमा कांग्रेस प्रतिबद्ध रहेको तथा नेपाली भूमि चीनविरोधी गतिविधिमा संलग्न हुन कुनै पनि शक्तिलाई स्थान नदिने प्रतिबद्धता जनाउनुभयो,’ चिनियाँ कम्युनिस्ट पार्टीले भनेको छ, ‘कांग्रेस चिनियाँ कम्युनिस्ट पार्टीसँग संस्थागत आदानप्रदान सुदृढ गर्न चाहन्छ । दुई देशबीच विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग प्रवर्द्धन गर्न चाहन्छ र नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन पार्टी इच्छुक छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend