काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई कुटेको आरोपमा एकजना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन् ।
सोमबार साँझ प्रतिष्ठानका डा। कुलबहादुर घिसिङलाई कुटपिट गरेको अभियोग लागेपछि प्रहरी जवान राजेन्द्र थापा निलम्बित भएका हुन् ।
जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले थापालाई ट्राफिक प्रहरी महशाखाले निलम्बन रेको बताए। घटना सार्वजनिक भएपछि प्रहरीले एकान्तकुनामा त्यसदिन चेकिङमा बसेका सबैलाई बग्गिखाना फिर्ता बोलाएको थियो । अन्यलाई चाहिँ कारबाही हुन्छ हुँदैन भन्ने खुलेको छैन । थापालाई नरोकेको आरोपमा अन्यलाई पनि फिर्ता बोलाइएको थियो ।
डा. घिसिङका तर्फबाट उनकी दिदीले घटनाबारे छानविन र कारबाहीका लागि माग गर्दै प्रहरी कहाँ निवेदन दिएकी छन् । डा. घिसिङका अनुसार उनी राति पौने ९ बजे ड्यटी सकेर पैदल हिँड्दै कुसुन्तीस्थित घर फर्किरहेका थिए । तर एकान्तकुनस्थित चेक पोइन्ट नजिकै पुगेपछि त्यहाँ जवान थापाले उनलाई कुटपिट गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।