सप्तरी । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ । पानीको बहाव बढेकाले तटिय क्षेत्रका स्थानीयलाई सुरक्षीत रहन आग्रह गरिएको छ ।
लगातार परेको पानीका कारण सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकासहितका जिल्लाको दक्षिणी क्षेत्रका बस्तीहरू बढी प्रभावित भएको छ ।
सप्तकोसी साथै चुरेसँग जोडिएको खाँडो, महुली, सुन्दरी, जिता, खडक, बलान लगायतका खहरे खोलामा आएको बाढीका कारण केही वस्ती डुबानको जोखिममा परेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।