आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

यसकारण भएको रहेछ गायिका दिलमायाको मृत्यु, पोष्टमार्टम रिपोर्ट आएपछि उथलपुथल! 

यसकारण भएको रहेछ गायिका दिलमायाको मृत्यु, पोष्टमार्टम रिपोर्ट आएपछि उथलपुथल! 

  • मिडिया डबली
  • मंगलवार, आषाढ १४ २०७९

  • 5.2K
    SHARES

  • यसकारण भएको रहेछ गायिका दिलमायाको मृत्यु, पोष्टमार्टम रिपोर्ट आएपछि उथलपुथल! 

    काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले प्रतिक्षा गरिरहेको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट चिकित्सकले प्रहरीलाई सुनाएका छन् ।

    पोष्टमार्टमबाट पनि आत्महत्यालाई नै जोड पुर्‍याउने संकेत देखिएको एक अनुसन्धान अधिकृतले  बताए । तर चिकित्सकसँग सम्पर्कमा रहेको स्रोतका अनुसार जाँचबुझमा संलग्नले सुनारको मृत्यु ‘स्ट्यांगुलेसन’का कारण नभएको भनेका छन् । प्रहरी अधिकृतहरुका अनुसार यो भनेको उनको मृत्यु घाँची थिचिएका कारण नभएको भन्ने हो ।

    ‘शरीरमा अन्यत्र पनि कुनै चोटपटक देखिएको छैन, ह्याङ्गिङकै कारण मृत्यु भएको चिकित्सकले भनेका छन्’ प्रहरी स्रोतले भन्यो । उनले मृत्यु अघि केके खाएकी थिइन् भन्ने थाहा पाउन प्रहरीले भिसेरा जाँच गर्ने तयारी पनि गरेको छ । यद्यपि, यसको रिपोर्ट आउन समय लाग्छ ।

    प्रहरीले यो घटनामा सुनारका प्रेमी सूर्य श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको कारण पोष्टमार्टम रिपोर्टबाट खुलेपछि त्यही अनुसार अघि बढ्ने बताएको थियो । तर श्रेष्ठविरुद्ध परिवारले ज्यान सम्बन्धी कसूरमा किटानी जाहेरी दिइसकेका छन् । त्यही अनुसार ५ दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । प्रेमी श्रेष्ठले पक्राउ गरेपछि सुरुवातमा झुटो बयान दिएका थिए । पछि उनी घटना भएको दिन घटना भएकै कोठामा बसेको खुलेको थियो । बिहान ४ बजेतिर उनी कोठाबाट निस्किएको खुलेको थियो ।

    प्रहरीसँग बयान दिँदै उनले सुनार ‘झुण्डिएको देखेपछि निकालेको’ बताएका छन् । आत्तिएर झुण्डिएको सल पनि लिएर गएको भन्दै उनले सल फ्याँकेको ठाउँ पनि देखाएका छन् । त्यही आधारमा सल बरामद भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ १४ २०७९०९:०९:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend