शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसका मन्त्री पनि फेरिँदै! कसको कुर्सी धरापमा, कसको भाग्य चम्किँदै 

कांग्रेसका मन्त्री पनि फेरिँदै! कसको कुर्सी धरापमा, कसको भाग्य चम्किँदै 

  • मिडिया डबली
  • सोमवार, आषाढ १३ २०७९

  • 13.6K
    SHARES

  • कांग्रेसका मन्त्री पनि फेरिँदै! कसको कुर्सी धरापमा, कसको भाग्य चम्किँदै 

    काठमाडौं । नेपाली कांग्रेसभित्र पनि नयाँ अनुहारका सांसदलाई मन्त्री बनाउने पर्ने माग उठ्न थालेको छ। यसबारे जेठ २३ मा कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले संसद् भवनबाट बाहिरिँदैगर्दा बोलिसकेका छन्। 

    नेकपा (एकीकृत समाजवादी)मा मन्त्री फेरिने भएपछि कांग्रेसका युवा नेता थापाले कांग्रेसमा पनि नयाँ अनुहारका सांसदलाई मन्त्री बनाउनुपर्ने विषय उठेको बताएका थिए । तर एकीकृत समाजवादीको तर्फबाट सोमबार मन्त्री परिवर्तन हुँदा कांग्रेसबाट परिवर्तन गरिएनन् ।

    कांग्रेसले यसअघि नै केही मन्त्री हेरफेर गर्दै आएको छ । यसैले तत्काल नयाँलाई अवसर दिने सोच प्रधानमन्त्रीको नरहेको बताइन्छ । तर कतिपय व्यवहारिक विषय मिलाउनुपरे केही मन्त्रीको मन्त्रालय भने हेरफेर हुन सक्ने बताइन्छ। पार्टीबाट मन्त्री बन्न धेरैको आकांक्षा भए पनि कांग्रेसले तत्काल परिवर्तन गर्ने जस्तो मनस्थिति बनाएको देखिँदैन ।

    तर, प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिवर्तन गर्ने सोच नराखेको बताइन्छ । कांग्रेसले यसअघि नै केही मन्त्री हेरफेर गर्दै आएको छ । यसैले तत्काल नयाँलाई अवसर दिने सोच प्रधानमन्त्रीको नरहेको बताइन्छ ।

    तर कतिपय व्यवहारिक विषय मिलाउनुपरे केही मन्त्रीको मन्त्रालय भने हेरफेर हुन सक्ने बताइन्छ । मन्त्री बन्नका लागि चाहना गर्नेमा सुजाता कोइराला, पुष्पा भुसाल, डा. डिला संग्रौलासहितका छन् । सञ्जय गौतम, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव र प्रकाश रसाइली स्नेही पनि मन्त्रीका दाबेदार हुन् ।

    यसअघि राज्यमन्त्री भएका उमेश श्रेष्ठलाई पनि देउवाले मन्त्रीमा बढुवा गर्न सकेका छैनन् । जिपछिरिङ लामा, बहादुरसिंह लामा पनि मन्त्रीका लागि दाबेदार नाम हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend