आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

नायब सुब्बाको कमाई देखेर दुनियाँ अचम्ममा, यसरी खुल्यो राज

नायब सुब्बाको कमाई देखेर दुनियाँ अचम्ममा, यसरी खुल्यो राज

  • मिडिया डबली
  • बुधवार, आषाढ ८ २०७९

  • 3.1K
    SHARES

  • नायब सुब्बाको कमाई देखेर दुनियाँ अचम्ममा, यसरी खुल्यो राज

    काठमाडौं ।  चार वर्षमा ६ करोड अकूत सम्पत्ति आर्जन गरेका एक बहालवाला नासुको चर्चा सेलाउन अर्का एक एक अवकाश प्राप्त नासुको दुई करोडभन्दा बढीको अकूत सम्पत्ति रहेको पाइएको छ। 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अवकाश प्राप्त नासु गणपति झाविरुद्ध करिब साढे दुई करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

    गणपतिले उनकी श्रीमति मीना र तीन छोराका नाममा २१ ठाउँमा व्यक्तिगतरस्वआर्जन उल्लेख गरेर जग्गारजमिन देखाएका छन्। २०३९ मंसिर ९ बाट खरिदार (गाविस सचिव)बाट सरकारी सेवा प्रवेश गरेका धनुषा जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा (साविक देवपुरा रुपैठा गाबिस–२) का ५८ वर्षीय गणपतिले २०७८ साउन ३ मा नासु पदबाट अवकाश पाएका थिए। 

    तत्कालीन जिल्ला विकास समिति (जिविस) कार्यालय कैलाली र धनुषा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, डिभिजन सडक कार्यालय जनकपुर, हेभी इक्विपमेन्ट डिभिजन कार्यालय जनकपुर, गृह मन्त्रालय र अवकाश हुँदा जिल्ला प्रशासन कार्यालय धनुषा गरी ८ स्थानमा कार्यरत झा धनुषा प्रशासनबाटै अनिवार्य अवकाशमा गएका थिए। 

    अख्तियारले सरकारी सेवामा छँदा गैरकानुनी सम्पत्ति कमाएर परिवारका नाममा राखेको कसुरमा पत्‍नी र तीन छोराविरुद्ध पनि मुद्दा दायर गरेको छ। अख्तियारले गणपति र उनका परिवारविरुद्ध दुई करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैयाँ बराबरको चलअचल सम्पत्तिको वैध स्रोत नखुलेको उल्लेख छ। स्रोत नखुलेको सम्पत्तिलाई नै बिगो कायम एवं बिगो बराबरको जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफत गर्ने गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। 

    पैतृक सम्पत्ति वापत गणपतिले आफू र छोरा शिवाकरकुमार झाका नाममा धनुषाको देवपुरा रुपैठा २ मा १६ कठ्ठा ८ धुर जग्गा देखाएका छन्। अख्तियारले गणपति, पत्‍नी मीनादेवी झा, तीन छोरा दिवाकर, शिवाकर र करुणाकरसहित सम्पत्ति फिर्ता प्रयोजनका लागि बुहारीहरू क्रमशः प्रिति, प्रतिभा र प्रितिकुमारीमाथि अनुसन्धान गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ८ २०७९०९:५०:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend