आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images
आजको विशेष

एमालेका कानुन विभाग सदस्यले १० करोड घुसको बार्गेनिङ गरेको अडियो काण्ड सार्वजनिक, हल्लियो सर्वोच्च अदालत

एमालेका कानुन विभाग सदस्यले १० करोड घुसको बार्गेनिङ गरेको अडियो काण्ड सार्वजनिक, हल्लियो सर्वोच्च अदालत

  • मिडिया डबली
  • बुधवार, आषाढ ८ २०७९

  • 9.7K
    SHARES

  • एमालेका कानुन विभाग सदस्यले १० करोड घुसको बार्गेनिङ गरेको अडियो काण्ड सार्वजनिक, हल्लियो सर्वोच्च अदालत

    काठमाडौं - नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक भएको छ ।

    न्यूज २४ टेलिभिजनले सार्वजनिक गरेको अडियोमा कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् ।

    पोखरेलले तामाङलाई छुटाउँदा आफूहरूको भागमा दुई करोड पर्ने उल्लेख गरेका छन् । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका थिए ।

    न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी तामाङबीच १० करोडको डिल भएको अडियो सार्वजनिक भएपछि सर्वोच्च अदालत हल्लिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आकस्मिक रूपमा न्याय परिषद्को बैठक बोलाएका छन् ।

    ‘डेढ बजे आकस्मिक रुपमा बैठक छ भनेर हामीलाई खवर आएको हो,’ परिषदका एक सदस्यले भने, ‘तर एजेण्डावारे बताइएको छैन ।’ पोखरेल एमालेको कानुन विभागका सदस्यसमेत हुन् । तामाङ पनि एमालेका नेता हुन् ।

    उनी हाल प्रहरी हिरासतमा छन् । सिभिल सहकारीको करोडौं रुपैयाँ निक्षेप हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् । आफ्नो पार्टीका न्याय विभागका सदस्य पोखरेलले १० करोड घुसको बार्गेनिङ गरेको अडियो काण्डले एमालेमा ८ रेक्टरको भूकम्प नै ल्याएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ८ २०७९०१:१२:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend