काठमाडौं । बुधबारबाट आन्तरिक उडान सेवा ठप्प पार्ने घोषणा गरेपछि वायुसेवा संचालक संघ (आओन)का अध्यक्ष रामेश्वर थापामाथि पक्राउ पुर्जी जारी हुने भएको छ । यति मात्र नभएर क्यानले बुधबार उडान नगर्ने वायुसेवा कम्पनीहरुको वायुसेवा संचालन अनुमति (एओसी) समेत खारेज गर्ने बताएको छ ।
नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यसका लागि आकस्मिक बैठक बसेर निर्णय गर्ने तयारी गरेको क्यान उच्च स्रोतले जनाएको छ । अत्यावश्यक सेवामा पर्ने हवाई यातायात ठप्प पार्ने आओनले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि क्यानले यो कदम चाल्न लागेको बताइएको छ ।
’नियमित उडान नै बन्द गर्ने वातावरण सिर्जना गरेको कारण प्राधिकरणको ऐन बमोजिम संघका अध्यक्षलाई पक्राउ पुर्जी जारी गर्न लागिएको जनाइएको छ । उडान नगर्ने कम्पनीको एओसी खारेज गर्ने समेत तयारी भइरहेको स्रोतले जनाएको छ ।
क्यानले वायुसेवा कम्पनीहरुले आफूले अनुमति लिएको बेसबाटै उडान गर्न अनिवार्य गरेपछि वायुसेवा संचालकहरु यसको विरुद्धमा उत्रिएका छन् । सोही क्रममा आओनले बुधबारबाट सम्पूर्ण आन्तरिक उडान सेवा नै रोक्ने निर्णय सार्वजनिक गरेको थियो । थापा अन्नपूर्ण पोस्टका मालिक समेत हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।