शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस प्रवेश गरेका भुवन केसीले पाउने भए यति ठूलो पद, कलाकारिता क्षेत्रमा उथलपुथल ! 

कांग्रेस प्रवेश गरेका भुवन केसीले पाउने भए यति ठूलो पद, कलाकारिता क्षेत्रमा उथलपुथल ! 

  • मिडिया डबली
  • मंगलवार, आषाढ ७ २०७९

  • 16.4K
    SHARES

  • कांग्रेस प्रवेश गरेका भुवन केसीले पाउने भए यति ठूलो पद, कलाकारिता क्षेत्रमा उथलपुथल ! 

    काठमाडौं । चलचित्र विकास बोर्डमा रिक्त रहेको पद अध्यक्षका लागि १७ जना आकांक्षी भए पनि मुख्य प्रतिस्पर्धा भुवन केसी र सम्झना उप्रेती रौनियारबीच हुने देखिएको छ। 

    सूचना तथा सञ्चार मन्त्रालयले आइतबार जारी गरेको सूचनापछि बोर्डको अध्यक्षका लागि सम्झना उप्रेती रौनियार, भुवन  केसी, मनिष पण्डित, नवल खड्का, नारायण पुरी, नरेश पौडेल लगायतको नाम अगाडि देखिएको छ। १७ जना आकांक्षीमध्ये सम्झना र भुवनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। दुवै नेपाली कांग्रेससँग नजिक चलचित्रकर्मी हुन्। सम्झना लामो समयदेखि पार्टीगत राजनीतिमा सक्रिय छिन् भने भुवन भने स्थानीय तह निर्वाचन अगाडि मात्रै कांग्रेसमा प्रवेश गरेका हुन्। 

    राजनीतिक नियुक्त हुने भएकाले गठबन्धनको सरकारमा अवसर पाउने सम्झना र केसी देखिन्छन्। यसअघि एमाले नेतृत्वको सरकारले चलचित्र निर्देशक दयाराम दाहाललाई अध्यक्षमा नियुक्त गरेको थियो। उनको कार्यकाल सकिएपछि मन्त्रालयले सार्वजनिक प्रतिस्पर्धामा नयाँ नेतृत्व छान्न सूचना जारी गरेको थियो। 

    बोर्डको अध्यक्ष बन्न ३० वर्ष पूरा भएको तर ६४ ननाघेको नेपाली नागरिक हुनु पर्नेछ। कुनै विषयमा स्नातक तह उत्तीर्ण गरी नेपाली फिल्मको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर दश वर्ष काम गरेको अर्को सर्त छ। अथवा, प्रवीणता पत्र तह वा सो सरह उत्तीर्ण गरी नेपाली फिल्मको स्थापना, विकास, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर २० वर्ष काम गरेको व्यक्तिले बोर्डको अध्यक्ष पदमा आवेदन दिन सक्नेछन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend