शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेससँग नसक्ने भए कम्युनिस्टहरुले, जिससमा एमाले भन्दा कांग्रेसले दोब्बर जिल्ला जितेपछि खुसियाली 

कांग्रेससँग नसक्ने भए कम्युनिस्टहरुले, जिससमा एमाले भन्दा कांग्रेसले दोब्बर जिल्ला जितेपछि खुसियाली 

  • मिडिया डबली
  • आइतवार, आषाढ ५ २०७९

  • 5.9K
    SHARES

  • कांग्रेससँग नसक्ने भए कम्युनिस्टहरुले, जिससमा एमाले भन्दा कांग्रेसले दोब्बर जिल्ला जितेपछि खुसियाली 
    फाइल तस्वीर

    काठमाडौं । स्थानीय तहको निर्वाचन पछि अहिले धमाधम जिल्ला समन्वय समितिको निर्वाचन भइरहेको छ। स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष मतदाता हुने समन्वय समितिको निर्वाचन अहिलेसम्म ६७ जिल्लामा सकिइसकेको छ।

    प्राप्त मतपरिणाम अनुसार समन्वय समितिमा कांग्रेस धेरै अघि छ। एमालेले कांग्रेसलाई पछ्याइरहेको छ। अहिलेसम्म ६७ जिल्लामा जिल्ला समन्वय समिति गठन भइसकेको छ।

    जसमध्ये नेपाली कांग्रेसले ३१ जिल्लाको समन्वय समिति जितेको छ। दोस्रो स्थानमा रहेको एमालेले १७ जिल्लामा जितेको छ। तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले १० जिल्ला जित्दा नेकपा एकिकृत समाजवादीले ४ जिल्लामा जित निकालेको छ।

    यस्तै जनता समाजवादी पार्टीले २, लोकतान्त्रिक समाजवादी पाटीले १, जनमोर्चाले १ र स्वतन्त्रले एक जिल्लामा जितेका छन्। अब उदयपुर, झापा, धनकुटा, सिराहा, सप्तरी, रौतहट, म्याग्दी, तनहुँ, हुम्ला, बाजुरा लगायतका जिल्लामा निर्वाचन हुन बाँकी छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend