शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

युवा नेता ठाकुर सर्लाही कांग्रेसको जिल्ला कार्यसमिति सदस्यमा मनोनित

युवा नेता ठाकुर सर्लाही कांग्रेसको जिल्ला कार्यसमिति सदस्यमा मनोनित

  • मिडिया डबली
  • शनिवार, आषाढ ४ २०७९

  • 2.6K
    SHARES

  • युवा नेता ठाकुर सर्लाही कांग्रेसको जिल्ला कार्यसमिति सदस्यमा मनोनित

    काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको जिल्ला कार्यसमिति सदस्यमा युवा नेता विकाश कुमार ठाकुर मनोनित भएका छन् ।जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले शुक्रबार ठाकुरलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । 

    सर्लाहीमा कांग्रेसको उपस्थिति बलियो बनाउन ठाकुरले रणनीतिक तथा प्राविधिक रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए । 
    गुटबन्दी र अन्तर्घातमा फसेको कांग्रेसलाई एकताबद्ध बनाउने सशक्त नयाँ नयाँ नेतृत्व ल्याउन युवाको रुपमा नेता कार्यकर्तालाई खबरदारी गर्ने, परिवर्तनको आवश्यकता बोध गराउन सूचना तथा प्रविधिका माध्यमबाट नेतृत्वदायी भूमिका खेलेका थिए । 

    सशक्त नेतृत्वको बलमा कांग्रेसले सर्लाहीमा स्थानीय तह निर्वाचनमा इतिहासमै ऐतिहासिक बहुमत हासिल गरेको छ। स्थानीय चुनावमा पनि युवा नेता ठाकुरले अन्तर्घातबाट जोगाएर पार्टीका उम्मेदवार जिताउन सक्रिय भएका थिए । 

    समग्रमा जिल्लामा कांग्रेसको सुधारका लागि भूमिका खेलेको भन्दै जिल्ला कार्यसमितिले युवा नेता ठाकुरलाई सदस्यमा मनोनित गरेको कांग्रेसले जनाएको छ । 

    युवा नेता ठाकुर समाजसेवादेखि सञ्चार क्षेत्रमा पनि सक्रिय छन् । हिन्दुवादी युवा नेता ठाकुरले सनातन धर्मको रक्षाका लागि पनि भूमिका खेल्दै आएका छन् ।

    कांग्रेसमा उनको आगमनलाई मधेसमा युवा पुस्ताको प्रतिनिधित्वको रुपमा पनि हेरिएको छ । मधेसका युवाहरुले उनलाई मनोनित गरेकोमा स्वागत गर्दै कांग्रेसको सर्लाही नेतृत्वलाई धन्यवाद पनि दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend