सुनसरी । जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा काँग्रेस उम्मेदवार विजयी भएका छन् । संयोजकमा इनरुवा नगरपालिकाका पूर्वप्रमुख राजन मेहता निर्वाचित भएका छन् ।
उपप्रमुखमा कमला दाहाल विजयी भएकी छन् । दलित महिला सदस्यमा पनि कांग्रेसकै कुमारी विश्वकर्मा निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेका कारण सदस्यमा अन्य ६ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
सदस्यतर्फ निर्विरोध हुनेमा टङ्कप्रसाद गुरुङ, सलिम मियाँ, कलावती माझी, शेषकुमारी घिमिरे, लालकुमारीदेवी चौधरी र भूपेन्द्र उराव रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।