शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसका भेट्रान अर्थशास्त्रीले लड्ने भए चुनाव, रोजे यो क्षेत्र  

कांग्रेसका भेट्रान अर्थशास्त्रीले लड्ने भए चुनाव, रोजे यो क्षेत्र  

  • मिडिया डबली
  • शनिवार, जेठ २८ २०७९

  • 15.6K
    SHARES

  • कांग्रेसका भेट्रान अर्थशास्त्रीले लड्ने भए चुनाव, रोजे यो क्षेत्र  

    काठमाडौं । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्।  प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गरेर विभिन्न व्यक्तिले उम्मेदवारी घोषणा गरिरहेका बेला अर्थशास्त्री वाग्लेलाई कांग्रेस नेताहरूले काठमाडौं क्षेत्र नम्बर ५ वा चितवन क्षेत्र नम्बर १ बाट चुनाव उठ्ने तयारी गर्न सुझाएका छन् । 

    मिति घोषणा भइनसकेको भए पनि मंसिरभित्रै प्रतिनिधिसभाको चुनाव गर्ने सरकारको तयारी छ । निर्वाचन लड्ने तयारीका लागि वाग्लेले यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिइसकेका छन् । उनी आगामी अगष्टमा नेपाल फर्किँदैछन् । 

    अमेरिकाको न्यूयोर्कस्थित प्रधान कार्यालयमै बसेर काम गर्नेगरी गत असारमा नियुक्त भएका वाग्ले कांग्रेस शीर्ष नेताहरूसँग परामर्श गरेर अमेरिका गएका थिए । स्थानीय तहको निर्वाचनका क्रममा समेत उनले एक महिना लामो बिदा लिएर सक्रियता देखाएका थिए ।

    अहिले काठमाडौं ५ वा चितवन १ बाट निर्वाचन लड्न कांग्रेस नेताहरूको सुझाव आएको वाग्लेले बताएका छन् । त्यसो त उनलाई गोरखाबाट पनि चुनाव लड्ने प्रस्ताव आएको छ ।  काठमाडौं ५ बाट २०७४ सालको निर्वाचनमा कांग्रेस नेता डा. प्रकाशशरण महत लडेका थिए । तर, महत एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पराजितभ एका थिए । महत यो पटक नुवाकोटबाट निर्वाचन लड्ने तयारीमा छन् । यो क्षेत्रमा निर्वाचन लड्न अन्य केही नेताहरूले चासो राखिरहेको भए पनि वाग्लेको सम्भावना बलियो भएको कांग्रेसका एक पदाधिकारीले बताए ।

    अमेरिका जानुअघि उनले सभापति शेरबहादुर देउवा, नेताहरू विमलेन्द्र निधि, डा. शंशाक कोइराला, प्रकाशमान सिंह, गगन थापा, अर्जुननरसिंह केसीलगायतसँग परामर्श गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend