शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

चुनावमा अन्तरघात गर्नेको फर्काइयो पाता, देशैभरका सच्चा कांग्रेसमा खुसियाली 

चुनावमा अन्तरघात गर्नेको फर्काइयो पाता, देशैभरका सच्चा कांग्रेसमा खुसियाली 

  • मिडिया डबली
  • बिहिवार, जेठ २६ २०७९

  • 6.0K
    SHARES

  • चुनावमा अन्तरघात गर्नेको फर्काइयो पाता, देशैभरका सच्चा कांग्रेसमा खुसियाली 
    फाइल तस्वीर

    संखुवासभा । नेपाली कांग्रेस संखुवासभाले १० जना नेता कार्यकर्तालाई निष्कासित गरेको छ । ३० वैशाखको स्थानीय तह निर्वाचनमा पार्टीको निर्णय विपरीत काम गरेको भन्दै ११ जनालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको नेपाली काँग्रेस संखुवासभाका प्रवक्ता दीपेन्द्र बान्तवाले जानकारी दिए ।

    कांग्रेस प्रवक्ता बान्तवाका अनुसार निर्वाचनका क्रममा पार्टी हित विपरीत गतिविधि गर्ने, असहयोग गर्नेलाई पार्टी पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको हो । 

    स्थानीय तहको निर्वाचनमा अनुशासन उलङ्घन गर्दै पार्टीलाई नोक्सान पुग्ने गतिविधि गरेको आधारमा कारबाही गरिएको प्रवक्ता बान्तवाले बताए । 

    कांग्रेसले मादी नगरसभापति यादवचन्द्र खड्का,धर्मदेवी नगरपालिकाका गोविन्द थापा, राजु घिमिरे, डम्मर कुमार पौडेल, पाँचखपनका सन्तोष बस्नेत, पूर्णबहादुर थापा र कुमार राई, मकालु गाउँपालिकाका बालकुमार राई, दीपेश गुरुङ र रिन्जे शेर्पालाई साधारण सदस्य नरहने गरी निष्कासन गरेको नेपाली कांग्रेस संखुवासभाले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend