काठमाडौं । भरतपुर महानगर कार्यपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। कार्यपालिका सदस्यमा नेपाली कांग्रेसबाट पाँच जना, माओवादी केन्द्रबाट दुई र एकीकृत समाजवादीबाट एक जना विजयी भएका हुन्।
कांग्रेसबाट सिर्जना अधिकारी, सुकमाया परियार, शारदा पोख्रेल, नर्वदा सापकोटा र गोपाल दराई, माओवादी केन्द्रबाट विष्णुबहादुर भुजेल र बिना नेपाली तथा एकीकृत समाजवादीबाट कोपिला उपरकोटी विजयी भएका छन्।
भरतपुर महानगरमा पाँचदलीय गठबन्धनबाट प्रमुखमा माओवादीकी रेनु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।