शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसमा पौडेल र सिंहबीच ठूलो वार, एकअर्कालाई दिए यस्तो दनक !

कांग्रेसमा पौडेल र सिंहबीच ठूलो वार, एकअर्कालाई दिए यस्तो दनक !

  • मिडिया डबली
  • आइतवार, जेठ २२ २०७९

  • 8.3K
    SHARES

  • कांग्रेसमा पौडेल र सिंहबीच ठूलो वार, एकअर्कालाई दिए यस्तो दनक !

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा पराजित सिर्जना सिंहले वंशवादको अरोप लगाएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई जवाफ फर्काएकी छन्। सिंहले पौडेललाई जेल पर्दा गरेको सहयोग नभुल्न बताएकी छन्। नेता पौडेलले शनिबार वंशवादका आधारमा टिकट दिँदा काठमाडौं महानगर कांग्रेसले गुमाएको बताएका थिए। 

    ‘राजनीतिक दलहरुले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन। कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि। एमालेका नेताले जुन निर्णय गरे त्यो पनि जनतालाई हेपेकै निर्णय थियो। किनभने जुन उम्मेदवारलाई अघि सार्नुभयो उहाँहरु उपयुक्त थिएनन्। आउटेडेट भइसकेका थिए। अहिले कांग्रेसले जे गरेको थियो त्यो पनि उपयुक्त थिएन। ती भन्दा उपयुक्त धेरै मान्छेहरु थिए,’ पौडेलले भनेका थिए, ‘मैले त्यही बेला भनेको थिएँ, महिला दिने हो भने हरिप्रभा छँदैछिन्, उपमेयरमा राम्रो काम गरेकी थिइन्। पुरुष दिने हो भने तीर्थ डंगोल छँदैछन्। भनेको थिएँ । त्यस्ता राम्रा मानिसहरु थिए। उम्मेदवारी दिँदा नै वंशवादको आधारमा जो दिइयो त्यो गलत भयो।  जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा। मैले त्यतिबेला पनि भनेको हो, मेरो केही लागेन। म निर्णायक ठाउँमा होइन। पार्टी सभापति नै निर्णायक हुन्छ। उहाँले इसारा गरेपछि मुख्यसचिवले टिकट पठाइसक्छ।’ 

    पौडेलले वंशवादको आरोप लगाएपछि सिंहले आफ्नो राजनीतिक यात्रा प्रकाशमानलाई भन्दा पहिला उनै पौडेललाई थाहा भएको बताएकी छन्। गोरखामा पौडेल जेल पर्दा आफूले सहयोग गरेको उनको भनाइ छ। ‘मेरो राजनितीक यात्रा प्रकाशमानले भन्दा तपाईले पैला चिन्नु भएको थाहापाउनु भएको ९हामी छिमेकी जिल्लावासी पनी,’ उनले भनेकी छन्, ‘मेरो बिहे अघि तपाई गोरखामा जेल पर्नुहुँदाको समयमा मेरो साथ र सहयोग बिर्सनु भएको हो दाइरु यो कुरा तपाईको मुखबाट आउदा भन्दा अली सुहाएन की दाइ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend