शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

आयोगले टुंगो लगायो प्रतिनिधिसभा निर्वाचनको मिति, देशैभर कांग्रेसको लहरले खुसियाली 

आयोगले टुंगो लगायो प्रतिनिधिसभा निर्वाचनको मिति, देशैभर कांग्रेसको लहरले खुसियाली 

  • मिडिया डबली
  • बुधवार, जेठ १८ २०७९

  • 24.8K
    SHARES

  • आयोगले टुंगो लगायो प्रतिनिधिसभा निर्वाचनको मिति, देशैभर कांग्रेसको लहरले खुसियाली 
    फाइल तस्वीर

    काठमाडौं । निर्वाचन आयोगले  संसदीय निर्वाचन आगामी मंसिर १० भित्रै सम्पन्न गरिसक्नुपर्ने निष्कर्ष निकालेको छ।  तर, यसबारे सरकारलाई आयोगले अहिले नै मिति प्रस्तावित गरिनसकेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए। 

    उनले भने,  ‘चुनावी मितिबारे अहिल्यै परामर्श दिइहाल्नु अलिकति छिटो हुने हुनाले निर्वाचन अवधिका लागि तोकिएको १२० दिनअगावै मितिसहित परामर्श दिने गरी तयारी अवस्थामा रहेको छ।’ संविधानविद्ह‍रुले प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिन्छ कि फागुनमा भनेर विवाद गरिरहेका बेला प्रमुख निर्वाचन आयुक्त थपलिया भने मंसिरभित्रै निर्वाचन हुनुपर्ने गरी आयोगले मिति प्रस्ताव गर्ने बताउँछन्। 

    स्थानीय चुनावको व्यस्तताकै बीच आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी आवश्यक आन्तरिक तयारी थालिसकेको उनले बताए।  यसैबीच अर्को एक उच्च राजनीतिक स्रोतले आगामी कात्तिक २६ वा मंसिर ४ गते संसदीय निर्वाचन गर्नुपर्ने मिति गठबन्धनका नेताहरुले प्रस्तावित गरेका छन्। यो मितिबारे औपचारिकरुपमा नभए पनि अनौपचारिक रुपमा आयोगसम्म पुगेको छ।

    निर्वाचन आयोगका पदाधिकारीहरुले भने आसन्न निर्वाचनको मितिबारे आन्तरिक छलफल अघि बढाइसकेका छन्। 

    सत्तारुढ दलले कात्तिक २६ गते शनिबार चुनाव गर्ने सोचे पनि आयोगका अधिकारीहरुले दशैं तिहारलाई मध्यनजर गर्दै कात्तिक २७ देखि २९ सम्मको मिति उपयुक्त होला कि भन्ने छलफल गरेका छन्।  अर्को चरणमा मंसिरको पहिलो साता चुनाव गरेर १० गते कटाउन नहुने निष्कर्ष आयोगले निकालिसकेको स्रोतले बतायो।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend